‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’ « Khabarhub

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुन लागेको ११ औँ महाधिवेशनमा कुनै किसिमको छलफल नहुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले आवश्यक छलफल सबै विधान महाधिवेशनमा भइसकेको पनि बताए ।

‘दोस्रो विधान महाधिवेशनमा दस्तावेज पारित भइसकेको छ। काठमाडौंमा हुने ११ औँ महाधिवेशनमा कुनै दस्तावेज पेश हुँदैन’, उनले भने, ‘संगठनात्मक प्रस्ताव र विधान पास भइसकेको छ । तिनै प्रस्ताव पास भइसकेका छन् । मैले उद्घाटन मन्तव्य राख्छु, त्यसपछि महाधिवेशन सोझै नेतृत्व चयनमा जान्छ।’

उनले विधान महाधिवेशनमै बोल्ने काम भइसकेकाले ११ औँ महाधिवेशनमा छलफल नहुने बताए । ‘बोल्न नदिन पाइन्छ भनिन्छ । जहाँ पनि बोल्नै पर्ने हो र ? नेतृत्व छान्ने महाधिवेशन उद्घाटन भएर प्रक्रियामा जान्छ’, उनले भने, ‘हामी अब भोलि पालिका-पालिकामा प्रदर्शन गर्दैछौँ । अब एमालेको शक्ति पनि मानिसले देख्नेछन् ।’

यसअघि बुद्धिजीवि परिषद्को कार्यक्रममा पनि ओलीले ११ औँ महाधिवेशन आफ्नो एकतर्फी रूपमा निर्देशनात्मक मन्तव्यपछि बिनाछलफल सकिने बताएका थिए ।

एमालेको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले शुक्रबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ओलीले यस्तो बताएका थिए । ‘महाधिवेशनमा यसपल्ट मैले एकतर्फी रूपमा सम्बोधन गर्ने हो। मेरो उद्घाटन मन्तव्य आउँछ। त्यसमा पनि छलफल हुँदैन, यतिमै सकिन्छ। मेरो निर्देशनात्मक सम्बोधनपछि छलफल गर्न भ्याइँदैन। छलफल गर्न थाले महाधिवेशन पाँच-सात दिन जान्छ। त्यो हामी धान्न सक्दैनौँ’, उनले भनेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : २२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग