नेपाली फिल्म हेर्न २४ दिनमा झन्डै ६ लाख दर्शक हल पुगे, कति भयो व्यापार ? « Khabarhub

नेपाली फिल्म हेर्न २४ दिनमा झन्डै ६ लाख दर्शक हल पुगे, कति भयो व्यापार ?


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज ३१ देखि कात्तिक २२ सम्मको २४ प्रदर्शन दिनमा पाँच फिल्म हेर्न झन्डै ६ लाख दर्शक हलमा पुगेको पाइएको छ ।

चलचित्र विकास बोर्डका अनुसार फिल्म ‘जेरी अन टप’, ‘सोल्टिनी’, ‘वरिष्ठ बलराम’ ‘मैझारो’ र ‘परान’ हेर्नका लागि पाँच लाख ९८ हजार ६१ वटा टिकट बिक्री भएको हो ।

यी मध्ये धेरै दर्शक नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ हेर्न हलमा पुगेका छन् । यो फिल्मका लागि तीन लाख ७५ हजार ८१ वटा टिकट बिक्री भएको छ । यसको ग्रस कलेक्सन ११ करोड ७१ लाख ४१ हजार छ ।

कात्तिक १४ बाट प्रदर्शनमा आएको ‘परान’ हेर्नका लागि एक लाख २८ हजार ६७९ टिकट बिक्री भएको छ । सुरुवाती ९ दिनमा यसको व्यापार ३ करोड ७१ लाख ३६ हजार भएको छ । परानमा नीर शाह शीर्ष भूमिकामा छन् ।

त्यस्तै, फिल्म ‘वरिष्ठ बलराम’ हेर्न ८५ हजार ३५६ वटा टिकट बिक्री भएको छ । नायकहरु दयाहाङ राई र विजय बराल शीर्ष भूमिकामा रहेको यो फिल्मको व्यापार दुई करोड ५६ लाख ५७ हजार छ ।

‘मैझारो’ हेर्न ३५ हजार १७६ टिकट बिक्री भएको छ । यसको ग्रस कलेक्सन एक करोड चार लाख २९ हजार छ । यसको शीर्ष भूमिकमा नायक धिरज मगर, नायिकाहरु मिरुना मगर र दिया पुन मगर छन् ।

यी पाँचमध्ये सबैभन्दा कम दर्शक पाउने फिल्म ‘सोल्टिनी’ हो । प्रकाश सपुत र नायिका परीक्षा लिम्बू शीर्ष भूमिकामा रहेको यस फिल्मको ग्रस कलेक्सन २९ लाख ५ हजार मात्रै छ ।

यो अवधिमा दुई फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ले दुई प्रदर्शन दिन पार गरे । ती दुई यी दुवै फिल्म उच्च अकुपेन्सीका साथ चले । अर्थात्, यो पछिल्लो २४ दिनमा सात नेपाली फिल्म हेर्न ६ लाख भन्दा बढी दर्शक हलमा पुगेको पाइएको छ ।

दर्शकको यो उपस्थितिलाई पछिल्लो समय सुस्ताएको बक्स अफिस चलायमान भएको रुपमा बुझ्न सकिन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : २५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित