ओली भन्छन्ः एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ « Khabarhub

ओली भन्छन्ः एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो स्थान भएको बताएका छन् ।

एमालेद्वारा आज काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा अध्यक्ष ओलीले जनताले सबैभन्दा बढी भोट लिएको फराकिलो स्थान भएको पार्टी भएको बताएका हुन् ।

‘नेकपा एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइएको छ, देशका जनताले सबैभन्दा बढी भोट भएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन्’, उनले भने, ‘यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन, फराकिलो ढङ्गले मज्जाले बस्न पाइने स्पेस छ, नेकपा एमालेमा ।’

उनले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भए पनि निर्वाचनभन्दा बाहिरको काममा बढी ध्यान दिएको बताए ।

अध्यक्ष ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको उल्लेख गर्दै भने, ‘एमाले देश बनाउने आशा र भरोसाको केन्द्र हो, फेसबुकको युवा होइन, घरघरको युवा एमालेसँग छ ।’

आज एमाले पुनःप्रवेश गरेकी नेत्री रामकुमारी झाँक्रीले क्रान्तिकारी शक्तिहरू अब अलमल्ल गरेर बस्न नहुने उल्लेख गर्दै एमालेमा फर्किन आह्वान गरिन् । उनले सार्वभौमिकता, सार्वजनिक सम्पत्ति, नागरिक जीवनको रक्षाका लागि एमालेमा आउनुपर्नेमा जोड दिइन् ।

आजै एमालेमा प्रवेश गरे किसान श्रेष्ठले चार वर्षअघि गरेको निर्णय गल्ती थियो भन्ने निष्कर्षका साथ कलम पार्टीलाई बिर्सजन गर्दै एमालेमा प्रवेश गरेको बताए ।

उनले आदर्श, दृष्टि र देशलाई आर्थिक तथा राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य एमालेसँगै रहेको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : ४७ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा