सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र « Khabarhub

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र शाक्यले पदबहाली गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले बर्खास्तीको रिटमा परमादेश आदेश दिएपछि हितेन्द्र पुनः प्राधिकरणको प्रमुखमा फर्किएका हुन् । ऊर्जामन्त्री कुलमान घिसिङले शाक्यलाई हटाएर मनोज सिलवाललाई जिम्मेवारी दिएपछि शाक्य अदालत गएका थिए ।

न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार हितेन्द्रको पक्षमा परमादेश जारी गरेको हो । अदालतले नवयुवाको आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङले शाक्यलाई ‘पूर्वाग्रह’ ‘प्रतिशोधपूर्ण’ र ‘स्वेच्छाचारी’ ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको ठहर गरेको हो।

शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उर्जा आयोगमा लैजाँदा मन्जुरी लिनु पर्ने भए पनि नलिएको पाइएको अदालतले भनेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ११ : ०० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६