शिवं सिमेन्टद्वारा छात्रालक्षित छात्रवृत्ति प्रदान « Khabarhub

शिवं सिमेन्टद्वारा छात्रालक्षित छात्रवृत्ति प्रदान


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई  हेटौँडामा रहेको शिवं सिमेन्ट लिमिटेडले छात्रालक्षित छात्रवृत्ति प्रदान गरेको छ ।

कम्पनीले हेटौंडा–१७, हटियास्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीहरूका लागि चालू शैक्षिक सत्रको लागि उक्त छात्रवृत्ति प्रदान गरेको हो । 

विद्यालय सञ्चालनका लागि विद्यार्थीबाट लिइँदै आएको आठ महिनाको शुल्कबापत हुन आउने रकम मंगलबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रम १७ नं. वडा जन प्रतिनिधी, शिवं सिमेन्टका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितिमा छात्रवृत्ति हस्तान्तरण गरिएको हो । 

कम्पनीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरूका लागि छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ । 

उक्त छात्रवृत्तिले छात्राहरूको मनोबल उच्च हुनुका साथै विद्यालयमा छात्रा उपस्थितिमा वृद्धि हुने विश्वास लिइएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुदेव उपाध्याय सिग्देलले छात्रा शिक्षामा सहयोग पुर्‍याएकोमा शिवं सिमेन्ट लिमिटेडप्रति धन्यवाद व्यक्त गर्दै यस किसिमको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न मद्दत पुग्ने बताए ।  

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  १२ : ५७ बजे

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको

रुसको दाबी : इरानले आणविक हतियार विकास गरेको प्रमाण भेटिएन

मस्को-रुसले इरानले आणविक हतियार विकास गरिरहेको कुनै प्रमाण अहिलेसम्म नदेखिएको