एनपीएल सिजन २ : यस्तो रह्यो ८ कप्तानको प्रदर्शन « Khabarhub

एनपीएल सिजन २ : यस्तो रह्यो ८ कप्तानको प्रदर्शन


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा सबै ८ टोलीले विपक्षी ७ टोलीसँग प्रतिस्पर्धा गरे ।

लिग चरणमा सुदूरपश्चिमको खेल उत्कृष्ट रह्यो । यो टोलीले ७ खेलमा ६ जित निकाल्यो ।

सबैभन्दा कमजोर साबिक विजेता जनकपुर बोल्ट्स देखियो । सातमा एक खेल मात्रै जितेर यो टोली तालिकाको पुछारमा पुग्यो । साबिक विजेता जनकपुरका लागि यो सिजन बिर्सनलायक बन्यो ।

यस्तै ८ टोली मध्ये केहीका कप्तानहरूको प्रदर्शन उत्कृष्ट छ । केहीको प्रदर्शन मध्यम र बिर्सनलायक देखिन्छ ।

दीपेन्द्र : कर्णालीविरुद्धका निर्णायक, विराटनगरविरुद्ध फ्लप

दीपेन्द्रसिंह ऐरी कप्तानीको सुदूरपश्चिम रोल्यस विराटनगर किङ्सविरुद्ध मात्रै कमजोर देखियो ।

४९ बल रहँदै ६ विकेटले उक्त खेल हार्दा तालिकमा तेस्रो स्थानमा रहेको विराटनगर दोस्रो स्थानमा उक्लियो । फलत : यो टिमले पहिलो क्वालिफायरमा यही टोलीको सामना गर्यो । दोस्रो पटक क्वालिफायरमा भेट भएको विराटनगरले हार्यो ।

अलडाउन्डर मध्यक्रममका ब्याटर दीपेन्द्रको सम्झनलायक इनिङ भनेको कर्णालीविरुद्ध थियो । यस खेलमा पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चचिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

जारी सिजनमा सुदूरपश्चिमले बनाएको यो कम स्कोर हो । सुरुवातीक्रमका ब्याटरहरू सस्तैमा आउट हुँदा दीपेन्द्रले यो इनिङ सम्हाले ।

सुदूरपश्चिम ८ ओभरको तेस्रो बलमा ४ विकेटको क्षतिमा ४६ रनको अवस्थामा हुँदा दीपेन्द्र क्रिजमा आएका थिए । उनले २८ बलमा ३९ रन जोड्न १ चौका र २ छक्का प्रहार गरे । उनैले सर्वाधिक बढी रन जोडे । सुदूरपश्चिमको इनिङ थोरै उकासियो ।

यस खेलमा दीपेन्द्रले कर्णालीका ४ विकेट लिए । उनले ओपनरद्वय प्रियांक पञ्चाल र मार्क वाटको महत्त्वपूर्ण विकेट लिएका थिए ।

उनको अलराउन्ड प्रदर्शनले यो खेल सुदूरपश्चिमको पक्षमा गएको हो । लिग चरणमा उनले सबैभन्दा बढी विकेट र रन बनाएको खेल यही हो ।

उनले काठमाडौं गोर्खाजसँगको खेलमा पनि ३० बलमा ३९ रन जोडे । तर, त्यस खेलमा जितको निर्णायक उनी होइनन् ।

उनी अमेरिकी अलराउन्डर बलर हर्मित सिंहको बिस्फोटक ब्याटिङको ओझेलमा परे । यस खेलमा हर्मितले २० बलमा ५३ रन जोड्न २ चौका ६ छक्का प्रहार गरे ।

अन्य खेलमा उनको प्रदर्शन जितका लागि अरु खेलाडीलाई साथ दिन मात्रै सीमित भयो ।

विराटनगरसँगको खेलमा उनको बलिङ फितलो बन्यो । २ ओभर बलिङ गर्दा उनले विकेटविहीन रहँदै ३८ रन खर्चिए । यस इनिङमा उनको ब्याटिङ पनि चलेन ।

कर्णालीविरुद्धको इनिङमा उनको सम्झनलायक प्रदर्शन रह्यो । विराटनगरविरुद्ध उनी फ्लप भए । अन्य ६ खेलमा उनको प्रदर्शन सम्झनलायक बनेन ।

सन्दीप : लयको बलिङ

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने जारी सिजनको लिग चरणमा सर्वाधिक १५ विकेट लिने बलर हुन् ।

प्रतियोगिता पहिलो क्वालिफायरमा पुग्दा सन्दीपलाई सुदूरपश्चिमका अविनाश बोहोराले उछिनेका छन् । उनले जारी सिजनमा १६ विकेट लिएका छन् ।

राष्ट्रिय टिमका पूर्वकप्तान तथा विटारनगरका कप्तान स्पिन बलर लामिछानेले काठमाडौं गोर्खाजविरुद्ध सबैभन्दा कम १ विकेट र जनकपुरविरुद्ध सबैभन्दा बढी ४ विकेट लिए ।

उनलै सबै खेलमा पूरै चार ओभर बलिङ गरेका छन् । काठमाडौंविरुद्ध उनले एक विकेट लिँदा २४ बलमा २६ रन दिए । उनले बलभन्दा बढी रन दिएको इनिङ यही हो ।

लिगकै सबैभन्दा बलियो देखिएको सुदूरपश्चिम रोयल्सविरुद्ध उनले ३ विकेट लिए । उक्त खेलमा उनले ओपनर जोश ब्राउन र इशान पाण्डेको महत्त्वपूर्ण विकेट लिए ।

यस इनिङमा उनले २४ बलमा २० रन मात्रै दिए । बलिङमा सन्दीप निर्णायक बन्दा सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लागेको हो ।

जनकपुर बोल्ट्सविरुद्ध विराटनगरको जित निकाल्न सन्दीपले चार विकेट लिए । जारी सिजनमा उनले सर्वाधिक विकेट र कसिलो बलिङ गरेको इनिङ यही हो ।

बलिङ निर्णायक बनेको यस खेलमा जनकपुरविरुद्ध सन्दीपले २४ बल फ्याँक्दा ११ रन मात्रै दिए ।

सन्दीपले लिग चरणका खेलमा १६८ बल फ्याँक्दा १४३ रन मात्रै दिए । हारेका दुई खेलमा उनको व्यक्तिगत प्रदर्शन सन्तोषजनकै छ ।

लुम्बिनीसँग हारेको खेलमा उनले चार ओभर बलिङ गर्दा २ विकेटसहित २० रन मात्रै दिए ।

ब्याटिङ कमजोर हुँदा नजिता विपक्षीमा गएको यस खेलमा उनले लुम्बिनीका ओपनर डी ओर्सी सर्टको महत्त्वपूर्ण विकेट लिएका थिए ।

चितवन राइनोजसँग हारेको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दा २ विकेट लिएर २४ रन दिए । उनले देव खनाल र सैफ जैबको महत्त्वपूर्ण विकेट झारे ।

विराटनगरका ब्याटरहरू नचल्दा यो खेल चितवनको पक्षमा गयो । लिग चरणमा सन्दीपको बलिङ लयमै रहेको देखिन्छ ।

सोमपाल कामी : बलिङ फ्लप

कर्णाली याक्सका कप्तान सोमपाल टिमकै भरोसा भएका फास्ट बलर हुन् । तर, समग्रमा उनको बलिङ कमजोर देखिएको छ ।

सात इनिङमा १४४ बल फ्याँक्दा उनले २१६ रन खर्चिए । सोमपालले यस सिजन ९ विकेट लिए । पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजविरुद्ध उनी विकेटविहीन रहे ।

उनको फितलो प्रदर्शन पोखराविरुद्ध रह्यो । उनले त्यस इनिङमा २४ बलमा ५० रन खर्चिए भने विकेट लिन सकेनन् ।

काठमाडौंविरुद्ध सोमपालको बलिङ कमजोर देखियो । यस इनिङमा उनले १८ बल फ्याँक्दा ३५ रन खर्चिए भने विकेट हात पारेनन् ।

जनकपुरविरुद्धको इनिङमा मात्रै सोमपालले बलभन्दा कम रन दिए । जसमा २ ओभर बलिङ गर्दा ११ रन दिए । एक विकेट पनि लिए ।

सोमपालले सर्वाधिक विकेट लिएको इनिङ सुदूरपश्चिमविरुद्धको हो । त्यसबेला उनले २४ बलमा ३२ रन खर्चिए ३ विकेट लिए । उनले ओपनर जोश ब्राउनलाई डक आउट गरे । यही खेलमा उनले एक मेडन ओभर फ्याँकेका थिए । बाँकी ३ ओभरमा उनीमाथि विपक्षी ब्याटरहरू हाबी भए ।

लिग चरणमा उनको ठीकठाक रहेको इनिङ यही हो । समग्रमा खेल हेर्दा फितलो देखिएका समोपालको बलिङ फ्लप देखिन्छ । उनी कुनै खेलमा जितको निर्णायक बन्न सकेनन् ।

करण केसी : महत्त्वपूर्ण विकेट लिए, किफयाती बन्न चुके

काठमाडौं गोर्खाजका कप्तान तथा बलर करण केसीले लिग चरणको ७ खेलमा १६३ फ्याँक्दा १९८ खर्चिएर १२ विकेट लिएका छन् ।

उनी सर्वाधिक विकेट लिने खेलाडीको पाँचौ स्थानमा छन् । उनले सुदूरपश्चिम रोयल्सविरुद्ध उत्कृष्ट बलिङ गरे । ओपनरद्वय जो ब्राउन र बिनोद भण्डारीलाई शून्यमै आउट गराए ।

पहिलो विकेट गुमेपछि क्रिजमा आएका ब्याटर क्रिस लिनलाई पनि उनैले २ रन जोडेको अवस्थामा आउट गराए । त्यस खेलमा ४ ओभर बलिङ गर्दा उनले ४ विकेट लिएर ३० रन खर्चिए । तर, पनि यस खेलको जित विपक्षीको हातमा गयो ।

चितवनसँगको खेलमा करणले ओपनर दीपक बोहोरलाई शून्यमै आउट गराए । यस खेलमा ४ ओभर बलिङ गर्दा २ विकेट लिएर २३ रन दिए । बलभन्दा कम रन दिएको उनको इनिङ यही हो ।

कर्णालीका ओपनर प्रियांक पञ्चाललाई करणले डक आउट गरे । त्यस खेलमा ४ ओभर बलिङ गर्दा उनले १ विकेट लिँदै २६ रन खर्चिए ।

पोखरासँगको खेलमा कप्तान तथा ओपनर कुशल भुर्तेलको विकेट पनि करणले नै लिए । त्यस खेलमा ४ ओभर बलिङ गर्दा उनले २ विकेट लिएर २५ रन दिए ।

विराटनगरसँगको खेलमा ओपनर लोकेश बमको विकेट पनि करणले नै लिए । काठमाडौंले हारेको यस खेलमा करणले ३ ओभर १ बल फ्याँक्दा २८ रन खर्चिएर १ विकेट लिए ।

जनकपुरविरुद्धको खेलमा भने करणको बलिङ कमजोर देखिन्छ । यस खेलमा उनले पार्ट टाइम ब्याटर लाहिरू समरकुनको विकेट लिँदै ३० रन खर्चिए । उनले सुरुवाती क्रमका ब्याटरको विकेट लिन नसकेको दुईमध्ये एक इनिङ यही हो ।

करणले लुम्बिनी लायन्सविरुद्ध खेलमा बलिङमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । ४ ओभर बलिङ गर्दा एक विकेट लिँदै ३६ रन खर्चिए । उनको सबैभन्दा कमजोर बलिङ गरेको इनिङ यही हो ।

तर, यस खेलमा उनी ब्याटिङमा चम्किए । आक्रमक ब्याटिङ गर्दै उनले ११ बलमा १ चौका ४ छक्काको सहयोगमा सर्वाधिक अविजीत ३४ रन जोडे । उनकै रनको आडमा यो खेल काठमाडौंले जितेको हो ।

करणाले ओपनरहरूलाई सस्तैमा समेट्नु वा विपक्षी टिमका भरपर्दा ब्याटरहरूको विकेट लिनु पनि काठमाडौं प्लेअफमा पुग्नुको प्रमुख कारण हो ।

कुशल मल्ल : बिर्सनलायक प्रदर्शन

चितवन राइनोजका कप्तान तथा ब्याटर कुशल मल्लको प्रदर्शन यस सिजनमा बिर्सनलायक रह्यो ।

उनको ब्याटिङ कुनै खेलमा पनि चलेन । उनले बनाएको सर्वाधिक ३० रन हो । जनकपुरसँगको त्यो खेलमा पनि चितवनले हार्‍यो ।

बलिङमा पनि उनी कमजोर देखिए । विराटनगरविरुद्धको खेलमा उनले ३ ओभर ५ बल फ्याँक्दा ४६ रनसम्म खर्चिए ।

लुम्बिनीसँग भने उनले किफयाती बलिङ गरे । चार ओभर बलिङ गर्दा उनले १६ रन मात्रै दिए तर विकेटविहीन रहे । यो सिजनमा कुशलको न ब्याटिङ चल्यो न बलिङ ।

कुशल भुर्तेल : मध्यम

पोखरा एभेन्जर्सका कप्तान तथा ब्याटर कुशल भुर्तेलको यस सिजनमा प्रदर्शन सुखद हुन सकेन । तर पनि उनले २ खेलमा अर्धशतक प्रहार गरे ।

मजबुत देखिएका सुदूरपश्चिम र विराटनगर जस्ता टोलीविरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन् । उनले सुदूरपश्चिमविरुद्ध ५३ र विराटनगरविरुद्ध ५९ रन जोडे । तर, पोखराले यी दुवै खेल भने हार्‍यो ।

त्यहीकारण उनको ब्याटिङ फ्लप भएको भन्न मिल्दैन ।

कुशल दुई खेल लुम्बिनी र जनकपुरविरुद्ध डक आउट भए । अन्यमा उनको प्रदर्शन सम्झनलायक छैन । बलिङतर्फ पनि उनको सम्झना लायक प्रदर्शन रहेन । दुई अर्धशतकले उनको लाज ढाक्यो ।

रोहित पौडेल : मध्यम ब्याटिङ

नेपाली राष्ट्रिय टिम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको ब्याटिङ एनपीएलको यस सिजनमा मध्यम देखिन्छ ।

उनले कर्णालीविरुद्ध सर्वाधिक ४९ रन जोडे । यो खेलको जित लुम्बिनीको पक्षमा परेन ।

पोखराविरुद्ध उनले सर्वाधिक दोस्रो ४० रन बनाए । यस इनिङमा उनले लुम्बिनीबाट सर्वाधिक रन बनाएका थिए । उनको रनको आडमा लुम्बिनीले खेल जित्यो ।

जनकपुरविरुद्ध सर्वाधिक ३४ रन बनाए । यही खेल जितेर लुम्बिनीले प्लेअफमा स्थानमा बनाएको हो । यो महत्त्वपूर्ण खेलमा उनकै ब्याटिङले लुम्बिनीले जितेको हो ।

लुम्बिनीले रोहितको ३९ रनको साथमा चितवनविरुद्ध जित निकाल्यो । यस खेलमा लुम्बिनीका गुलबदिन नैबले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४४ रन जोडे । गुलबदिनको आक्रमक ब्याटिङ र रोहितले रन उकास्दा यो जित लुम्बिनीको पक्षमा गएको हो ।

विराटनगरविरुद्ध उनी शून्मै आउट भए ।

प्लेअफमा पुग्न चार खेल जितेको लुम्बिनीले रोहितको सर्वाधिक रनको आडमा जनकपुर र पोखराविरुद्धको २ नतिजा आफ्नो पक्षमा परेको हो । यी खेलमा उनले आफ्नो टोलीबाट सर्वाधिक रन जोडे । चितवनविरुद्धको जितमा उनले गुलबदिन नैबलाई साथ दिए ।

त्यहीकारण उनको ब्याटिङ मध्यम मान्न सकिन्छ । उनी बाउन्ड्री हान्नभन्दा टिकेर खेल्न केन्द्रित देखिन्छन् । २१० बल सामना गर्दा उनले २०८ रन जोडे ।

सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा उनी पाँचौँ स्थानमा छन् ।

अनिल साह : फ्लप

साबिक विजेता जनकपुरले अनिल साहको कप्तानीमा पोखरा, विराटनगर र काठमाडौंविरुद्धको तीन खेल मात्रै खल्यो ।

उनको कप्तानीको विषयमा आलोचना भएपछि जनकपुरले कप्तानको जिम्मेवारी अन्य दुई खेलाडीलाई दियो ।

जनकपुरका अनिल साहको यो वर्ष ब्याटिङ र बलिङ दुवै फ्लप भएको छ ।

यो टिमले एक मात्रै जित निकालेको छ । चितवनविरुद्ध जित निकाल्ने क्रममा अनिलले ६१ रन जोडे । त्यस इनिङ अनिलले बनाएको दोस्रो सर्वाधिक रन हो । जनकपुरका ओपनर माज सादकताले त्यस खेलमा ६३ रन जोडेका थिए ।

अन्य खेलमा अनिलले दोहोरो रन बनाउन सकेनन् । कर्णाली र काठमाडौंविरुद्ध उनी शून्यमै आउट भए । बलिङ पनि उनको सम्झनलायक रहेन । उनी यो सिजनजमा फ्लप भए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ५९ बजे

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी– चीनले मंगलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक

यी हुन् कांग्रेसबाट बन्दसूचीमा समावेश ११० जना उम्मेदवार  (सूचिसहित)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि

ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

चन्द्रपुर– आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार