रणवीर सिंहको ‘धुरन्धर’ बक्स अफिसमा धमाका : ओटीटी अधिकारमा रेकर्ड बिक्री « Khabarhub

रणवीर सिंहको ‘धुरन्धर’ बक्स अफिसमा धमाका : ओटीटी अधिकारमा रेकर्ड बिक्री


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’ बक्स अफिसमा शानदार प्रदर्शन गर्दै छ । 

रिलिजको चौथो दिनमै फिल्मले झण्डै २० करोड भारू कमाइ गर्दै उत्कृष्ट दृढता देखाएको छ। बलिउड हंगामाका अनुसार पाँच दिनमा भारतमा करिब १५० करोड भारू बराबरको कमाइ गरेको छ।

फिल्मको ओटीटी अधिकार पनि महँगो मूल्यमा बिक्री भएको छ। बलिउड हंगामाका अनुसार नेटफ्लिक्सले ‘धुरन्धर’को दुवै भागको स्ट्रिमिङ अधिकार करिब १३० करोड भारूमा किनेको छ, जुन हालको ओटीटी मूल्य घट्ने अवस्थामा पनि ठूलो रकम मानिएको छ। यसअघि रणवीरको ‘८३’ चलचित्रले करिब ३० करोड र ‘रक्की और रानी की प्रेम कहानी’ले अमेजन प्राइमबाट करिब ८० करोडमा डिल पाएको थियो ।

‘धुरन्धर’ को पहिलो भागको सफलता र महँगो ओटीटी बिक्रीले दोस्रो भागप्रति व्यापारिक अपेक्षा अझै बढाएको छ । फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा आएको आदित्य धर निर्देशित फिल्म नेपालका सिनेमा हलहरूमा समेत देखाइँदैछ ।

फिल्ममा रणवीरसहित अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन लगायतका कलाकारहरूले अभिनय गरेका छन् । 

व्यापारिक सफलता, बलियो कास्ट र महँगो ओटीटी डीलले ‘धुरन्धर’लाई यस वर्षको सबैभन्दा चर्चित र सफल बलिउड फिल्मको सूचीमा राखेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  २ : ४३ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने