बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम « Khabarhub

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जानकी–  ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक महिलाका लागि तीन महिनाको सीपमूलक तालिम औपचारिक रूपमा सुरु गरिएको छ । 

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेको आयोजनामा तथा गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिको प्रविधिक सहयोगमा सञ्चालन भइरहेको यो तालिमले घोडा, खच्चड, गधालगायतका अश्वजन्य पशुपालनमा संलग्न महिलालाई सिलाइ–कटाइ र बुनाइको व्यावसायिक सीप प्रदान गर्ने उद्देश्य राखेको छ ।

भेरी प्राविधिक शिक्षालय प्रमुख आशा श्रेष्ठले नेपाल सरकारले देशभर महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमलाई अत्यधिक प्राथमिकताका साथ लागू गरिरहेको बताइन्। उनले बाँकेमा पनि विशेष गरेर मधेसी र मुस्लिम समुदायका महिला तथा किशोरीलाई सीपमा सक्षम बनाउन नेपाल सरकारले धेरै प्रभावकारी तालिमको आयोजना गरेको जानकारी दिइन्।

‘यस किसिमका तालिम केवल सीप प्रदान गर्ने कार्य मात्र नभई महिलालाई आत्मविश्वासी र आर्थिक रूपमा सक्षम बनाउँदछ’, उनले भनिन् ‘नेपाल सरकारले महिला उद्यमशीलता प्रवद्र्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको छ, तपाईँहरूले यो तालिम पूरा गरेपछि सरकारले उपलब्ध गराइरहेका विभिन्न सहुलियतपूर्ण कर्जा सुविधा, समूह उद्यम स्थापनाका अनुदान, उपकरण सहयोग र बजार पहुँच कार्यक्रमबाट प्रत्यक्ष लाभ लिन सक्नुहुन्छ ।’

परियोजना संयोजक डा सुदर्शन भट्टराईले पशुपालक समुदायका महिलाको वास्तविक आवश्यकता पहिचान गरेर तालिम सुरु गरिएको बताए।

 “अश्वपालक परिवारमा पुरुष प्रायः दिनभर घोडा र खच्चड लिएर बाहिर काममा निस्किन्छन्, घरमा बस्ने महिलासँग सीप नहुँदा उनीहरू आर्थिक गतिविधिबाट टाढिन बाध्य छन्, यो तालिमले उनीहरूलाई सीपसम्पन्न बनाएर स्वरोजगारतर्फ अघि बढाउनेछ”, उनले भने, “तपाईँहरूले यहाँ उपस्थित भएर सीप सिक्ने प्रतिबद्धता देखाउनु नै ठूलो उपलब्धि हो, हामीले न केवल सीप सिकाउँछौँ, आवश्यक परे स्वरोजगार स्थापना गर्न पनि मार्गदर्शन र अवसर प्रदान गर्छौं ।”

गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिका व्यवस्थापक निर्देशक मधु खड्काका अनुसार मङ्सिर २३ गतेदेखि फागुन २२ गतेसम्म सञ्चालन हुने यस तालिममा मुस्लिम समुदायका महिलासहित २० जना सहभागी भएका छन् । खड्काका अनुसार तालिमलाई व्यवहारिक र पूर्ण व्यावसायिक बनाउने उद्देश्यले अनुभवी प्रशिक्षक सङ्गीता गौतमले सहभागीलाई प्रशिक्षण गर्नेछन् ।

सहभागीहरुलाई तालिमका लागी आवश्यक सामग्री तथा उपकरण उपलब्ध गराइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार तालिम सम्पन्न भएपछि महिलाहरूलाई स्वरोजगारका अवसर खोजिदिन तथा सीपलाई व्यवहारिक उद्यममा रूपान्तरण गर्नसमेत सहजीकरण गरिने छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ३ : ५३ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार