लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ धरापमा, १० ओभरमा ६ विकेटको क्षति ५१ रन « Khabarhub

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ धरापमा, १० ओभरमा ६ विकेटको क्षति ५१ रन


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङले सुरुवातदेखि नै लय समात्न नसक्दा दबाबमा परेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौं खेल १० ओरभरमा पुग्दा ६ विकेटको क्षतिमा ५१ रन संकटपूर्ण अवस्थामा छ ।

खेल ९ ओभरको पाँचौ बलमा पुग्दा जोन सिम्पसन पाँचौ विकेटका रुपमा बिदा भएका हुन् । उनी लुम्बिनीका कप्तान रोहित पौडेलको बलमा एलबीडब्ल्यू धरापमा परेका हुन् ।

उनी १७ बलमा १८ रन बनाएर आउट भए ।

यही ओभरमा पाँचौ बलमा रोहितले भीम सार्कीलाई आउट गराए । भीम १६ बलमा १४ रन जोडेको अवस्थामा दिलीप नाथमार्फत् क्याच आउट भएका हुन् ।

चौथौ विकेटका रुपमा ओपनर बेन चाल्सवर्थ आउट भएका हुन् । उनले ५ बल समान गरेर ४ रन बनाए । उनी लुम्बिनीका रुबेन ट्रम्पेलम्यानको बलमा निरोशन डिकवेलामार्फत् क्याच आउट भएका हुन् ।

तेस्रो विकेटका रुपमा मिलिन्द कुमार आउट भएका हुन् । शेर मल्लको बलमा बोल्ट भएका उनले ८ बलमा २ रन बनाए ।

दोस्रो विकेटका रुपमा सन्नी पटेल आउट भएका हुन् । खेल २ ओभरको पहिलो बल पुग्दा सन्नी पटेल लुम्बिनीका रुबेन ट्रम्पेलम्यानको एलबीडब्ल्यू धरापमा परेका हुन् । उनले ६ बल सामना गर्दा १ छक्का प्रहार गर्दै ७ रन बनाए ।

पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा काठमाडौंका ओपनर आकाश त्रिपाठी लुम्बिनीका शेर मल्लको शिकार भएका हुन् । उनले ५ बल समान गर्दा १ रन जोडे ।

सुरुवाती ४ ब्याटर दोहोरो अंक नजोडी आउट भएका हुन् । रुबेन, शेर र रोहितले समान २(२ विकेट लिएका छन् ।

त्रिवि अन्र्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर काठमाडौंले पहिला ब्याटिङ राजेको हो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ४ : ४९ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले