स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ « Khabarhub

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

मङ्गलबार मध्याह्न १२ः०० बजेको समयमा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ आइरहेको भारतीय नम्बर प्लेट भएको बिआर ३२ एडब्लु –८३७७ नम्बरको स्कुटी जाँच गर्ने क्रममा स्कुटीको डिकीभित्र लुकाइछिपाइ राखिएको सात लाख रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

प्रहरी उपरीक्षक शर्माका अनुसार उक्त स्कुटी चलाइरहेका बरियारपट्टी गाउँपालिका–३ का ४६ वर्षीय दिनेश महतोलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ । 

उनका अनुसार, बरियारपट्टी क्षेत्रमा केही दिनदेखि निगरानी बढाइएपछि जाँच कडा पारिएको थियो । सोही क्रममा महतोलाई रोकिएको र डिकी खोल्दा ठूलो परिमाणको नगद भेटिएको हो । 

पक्राउ परेका महतोमाथि नगदको स्रोत, प्रयोजन तथा सम्भावित अवैध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यसैसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : ५१ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र