काठमाडौं विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित « Khabarhub

काठमाडौं विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक–  यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् । 

समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कुल दुई हजार २०९ विद्यार्थी यसपटक दीक्षित भएका छन् । दीक्षितमध्ये पिएचडी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार ७२८ जना रहेका छन् । 

दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भूटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलंका, स्विडेन, संयुक्त राज्य अमेरिका र भियतनामका १९६ विदेशी विद्यार्थी रहेको विश्वविद्यालयका उपकुलपति प्रा.डा अच्युत वाग्लेले जानकारी दिए ।

स्नातकोत्तर तहमा सबैभन्दा बढी चार सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एन्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कास्टेलानो मेन्चाकालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ८५ दशमलव ४५ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरव सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए तीन दशमलव ९४ ल्याउने स्कुल अफ म्यानेजमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक तीन दशमलव ९४ सजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका सौगात दङ्गाललाई प्रदान गरिएको छ । 

प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन तथा नयाँ दिल्लीस्थित जवाहरलाल–नेहरू विश्वविद्यालयका उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितको सहभागिता रहेको थियो । 

३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षितको हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये पाँच हजार ८६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेका छन् । 

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : १५ बजे

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौं– रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई

चुनावको मुखमा इन्सास राइफल र गोलीसहित एकजना समातिए

भक्तपुरः सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश

मौनअवधि उल्लङ्घन हुन थालेपछि झापा-५ मा प्रहरीको सक्रियता (तस्बिरहरू)

काठमाडौं– निर्वाचनको दिन नजिकिएसँगै देशभर मौनअवधि लागु भएको छ ।

फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

एजेन्सी– फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मंगलबार हेलिकप्टर

आदिवासी जनजाति ‘पैसामा बिक्ने र किन्न सकिने’ भनेपछि विवादमा सोविता

चितवन- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् सचिवालय, चितवनले राष्ट्रिय