सम्झौतामा हस्ताक्षर गर्न वैशाखी टेकेर सिंहदरबारमा जेन-जी घाइते (तस्बिरहरू)  « Khabarhub

सम्झौतामा हस्ताक्षर गर्न वैशाखी टेकेर सिंहदरबारमा जेन-जी घाइते (तस्बिरहरू) 


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -जेन-जीको नेतृत्वमा भएको जनआन्दोलन सम्बन्धी मुद्दाहरू समाधान गर्ने उद्देश्यले जेन-जी प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौतामा आज हस्ताक्षर भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा जेन-जी तर्फका घाइते प्रतिनिधिहरू पनि उपस्थित थिए।

कार्यक्रममा दुवै पक्षका प्रतिनिधिले आन्दोलनका क्रममा उठेका विषय समाधान गर्ने, उपचार खर्च सुनिश्चित गर्ने र भावी समन्वय प्रक्रियालाई स्पष्ट बनाउनेबारे सहमति जनाए। घाइते प्रतिनिधिहरूले आफ्ना माग सुनेर सरकारी पक्ष अघि बढेकोमा सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार, राहत तथा पुनःस्थापनामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सम्झौता कार्यान्वयनका लागि संयुक्त कार्यसमिति गठन गर्ने तयारी चलिरहेको छ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ४७ बजे

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

तेल अभिभ- इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग

डुप्लेसी नचल्दा चुकेको विराटनगर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायरका दुई खेलमा खराब ब्याटिङ