कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस् « Khabarhub

कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस्


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा तथा भौतिक मन्त्री कुलमान घिसिङलाई भेटेका छन् ।

संघका इन्चार्ज राजीव पहारी र अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेटेका हुन् ।

भेटका क्रममा युवा संघका नेताहरू मङ्सिर २७ गते एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम हुने भएकाले त्यस अवधिमा सञ्चालन भइरहेका निर्माण तथा सडकसम्बन्धी कामले कार्यक्रममा असर नपर्ने गरी व्यवस्था मिलाउन आग्रह गरे ।

मन्त्री घिसिङले मुलिङ सडक खण्डमा दैनिक ५–६ घण्टा हुने अवरोधलाई ध्यानमा राख्दै आगामी २६, २७ र २८ गते काठमाडौँ प्रवेश सहज बनाउन विशेष व्यवस्था मिलाइने जवाफ दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ५६ बजे

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ?

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको