सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि… « Khabarhub

सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि…


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकार र जेन-जीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद परिवारका तर्फबाट सहिदका बुबा भोजराज थापा र प्रधानमन्त्री सुशीला कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

हस्ताक्षर गरिसकेपछि धन्यवाद दिने क्रममा प्रधानमन्त्री कार्कीले सुदन गुरुङ मेरो जेठो छोरोलाई पनि धन्यवाद दिन चाहन्छु भनेपछि हलमा तालीको फोहोरा बजेको थियो।

प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा अन्य जेन-जीहरूलाई पनि मेरो छोराछोरी भनेर सम्बोधन गरेकी थिइन्।

सुदनलाई जेठो छोरो भनेपछि केही जेनजीले आपत्तिसमेत जनाए। उनीहरूले जेठो छोरोसँग मात्र वार्ता गरेर सम्झौता गरेको समेत आरोप लगाइरहेका छन्। तर सुदनलाई भने नामै किटान गरेर मेरो जेठो छोरो भनेपछि तालीको फोहोरा बजेको थियो।

प्रधानमन्त्री बोलिसकेपछि जेन-जीले कसैलाई काखा कसैलाई पाखा लगाइएको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत मागे।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ८ : १८ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा