रुस–युक्रेन युद्धः सम्झौताका ट्रम्पले दबाब दिइरहेका बेला युक्रेनका सहयोगी राष्ट्रहरुको बैठक बस्दै « Khabarhub

रुस–युक्रेन युद्धः सम्झौताका ट्रम्पले दबाब दिइरहेका बेला युक्रेनका सहयोगी राष्ट्रहरुको बैठक बस्दै


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

पेरिस – रुससँगको करिब चार वर्ष लामो युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कीएभलाई शान्ति सम्झौता स्वीकार गर्न दबाब बढाइरहेका बेला युक्रेनका सहयोगी राष्ट्रहरूले बिहीबार भर्चुअल बैठक गर्ने भएका छन् ।

फ्रान्स सरकारका प्रवक्त्ता मोड ब्रेजेओनले बुधबार भने,“फ्रान्स र बेलायतको सह–अध्यक्षतामा पुनः बस्न लागिएको ‘कोएलिसन अफ द विलिङ’ को भोलिको बैठकले युक्रेनलाई प्रदान गरिने सुरक्षा ग्यारेन्टी र अमेरिकाको महत्वपूर्ण भूमिकाबारे ठोस प्रगति गर्न मद्दत गर्नेछ ।”

एलीसे प्यालेसका अनुसार बैठक भिडियो कन्फरेन्समार्फत सञ्चालन हुनेछ । अघिल्ला चरणमा अमेरिकाले अघि सारेको सम्झौतापत्रका केही प्रावधानलाई युक्रेनका युरोपेली सहयोगीहरूले रुसका पक्षमा अत्यधिक अनुकूल भएको भन्दै आलोचना गरेका थिए । यद्यपि राष्ट्रपति ट्रम्पले कीएभलाई सो प्रस्ताव स्वीकार गर्न निरन्तर दबाब दिइरहेका छन् ।

यसबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार सुरक्षा सुनिश्चित हुन सके देशमा नयाँ चुनाव गराउने तयारी रहेको बताएका थिए । सोमबार, युक्रेनका युरोपेली साझेदारहरूले जेलेन्स्कीलाई ठोस समर्थन व्यक्त गर्दै अमेरिकाको नयाँ प्रस्तावका निश्चित अंशप्रति गम्भीर शङ्का र चिन्ता जनाएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ८ : ३९ बजे

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा