अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो « Khabarhub

अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – लस एन्जलसमा मंगलबार सुरु भएको आगलागी असर बढी रहेको छ। यसै कारण कम्तीमा ११ जनाको ज्यान गइसकेको छ भने १० हजार घर तथा संरचना ध्वस्त भएका छन्।

क्यालिफोर्नियामा पानीको समेत अभाव देखिएको छ। त्यहाँका गर्भनरले यसको छानबिनको आवाज उठाएका छन्।
अहिले प्रभावित क्षेत्रमा रात्रि कालिन कर्फ्यु लगाइएको छ।

पालिसेड र इटनमा यो नियम कडाइका साथ लागु हुने जनाइएको छ। राष्ट्रपति जो बाइडेले लस एन्जलसको अवस्था साँच्चै भयावह भएको बताउँदै मर्नेको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन्।

अहिले अल्टाडेना जिल्लामा १५ सय अग्नि नियन्त्रक सक्रिय छन्। त्यहाँका प्राय सबै मानिस अन्यत्र सरिसकेका छन्।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले डोनाल्ड ट्रम्पलाई भ्रमण गर्नका लागि त्यहाँ बोलाएका छन्। उनले ट्रम्पलाई घटनालाई राजनीतिकरण नगर्न भने अनुरोध गरेका छन्।

अहिले पालिसेड र इटनमा आगोमा प्रभाव कम भएको छ। तर त्यहाँका सिनेटरले घरमा तत्काल नफर्कन अनुरोध गरेका छन्। उनीहरूले घर फर्कने अवस्था आउनका लागि केही दिन अझ लाग्न सक्ने बताएका छन्।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ७ : ०१ बजे

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले