राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ कार्यसमिति चयन « Khabarhub

राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ कार्यसमिति चयन


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को नयाँ नेतृत्व चयन भएको छ।

विशेष साधारण सभाबाट राजेशभक्त श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।अध्यक्षमा ८० मत ल्याएर श्रेष्ठ निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी दिलीप बादेले ७७ मत ल्याएका छन् । उनीहरुको मतान्तर तीन मात्र रह्यो ।

श्रेष्ठ नेतृत्वको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ निर्विरोध हुँदा उपाध्यक्षमा सुमन महर्जन विजयी भएका छन्। वरिष्ठ उपाध्यक्ष निर्विरोध बन्दा सुमन महर्जन ८९ मतसहित उपाध्यक्ष निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामेश्वर बासीले ५६ मत पाए ।

हिरामणि शर्मा महासचिव निर्वाचित हुँदा सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राजकृष्ण बजगाईं निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी, कार्यसमिति सदस्यमा उत्तम तिमल्सिना, कृष्णराम थापा, कमला लामा, दशराम सुनुवार, सिताराम लामिछाने, इन्द्र कुमार श्रेष्ठ र मन्दिर श्रेष्ठ निर्वाचित भएका छन्।

यस अघिको कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालय, ललितपुरले मान्यता नदिएपछि विशेष महाधिवेशनमार्फत् नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको अवधि तीन वर्षको रहनेछ ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ८ : २७ बजे

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभलले बनायो १३ सदस्यीय समिति 

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट– साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा

बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर