निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभिलले बनायो १३ सदस्यीय समिति  « Khabarhub

निर्वाचन लक्षित स्वास्थ्य सतर्कता : सिभिलले बनायो १३ सदस्यीय समिति 


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल ‘हाई अलर्ट’ मा रहने भएको छ । 

निर्वाचनका दिन हुन सक्ने सम्भावित स्वास्थ्य आपतकालीन अवस्थालाई ध्यानमा राखी अस्पतालले १३ सदस्यीय आकस्मिक स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरेको हो । 

अस्पतालका मेडिकल डिभिजन प्रमुख डा.दिपक पौडेलको नेतृत्वमा गठन गरिएको समितिले निर्वाचनका दिन र सो अवधिभर विशेष तयारीका साथ सेवा प्रवाह गर्नेछ ।

अस्पताल प्रशासनका अनुसार नियमित सेवासँगै आकस्मिक कक्ष, आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राखिनेछ ।

समितिमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक, नर्सिङ, प्रशासन, फार्मेसी, रेडियोग्राफी, प्रयोगशाला तथा यातायात व्यवस्थापनसँग सम्बन्धित कर्मचारी समेटिएका छन् ।

सिनियर रजिष्ट्रार प्रा.डा. जितेन्द्र परियार, रजिष्ट्रार डा। अरुण सिग्देल, डा। जेनर कुरुम्वाङ्ग र डा. समिर न्यौपाने सदस्य रहेका छन् ।

यस्तै, निमित्त नर्सिङ प्रमुख सविका मुनिकार, प्रशासकीय अधिकृत रञ्जना नेपाल, फार्मेसी अधिकृत दीपा ढुंगाना, रेडियोग्राफी टेक्नोलोजिष्ट प्रविन धौराली, बरिष्ठ ल्याब टेक्नीसियन अमेन्द्र अधिकारी र सवारी इञ्चार्ज रामहरि श्रेष्ठ पनि समितिमा समावेश छन् । रजिष्ट्रार डा.रमेश पन्तलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मीले निर्वाचनको दिन आकस्मिक स्वास्थ्य व्यवस्थापनलाई प्राथमिकतामा राखेर समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार आवश्यक परेमा थप जनशक्ति परिचालन गर्ने तयारीसमेत गरिएको छ ।

निर्वाचनका दिन कुनै पनि आकस्मिक अवस्था आए तत्काल उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १२ : ४० बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा