तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो « Khabarhub

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् ।

नियमित रूपमा बिहानदेखि रातिसम्म फुर्सदको समयमा आफूलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि युवाहरू समूह मिलाएर ब्याडमिन्टन खेल्ने गर्दछन् । यस खेल युवाहरूको रुचिको पहिलो रोजाइ बनेको खेलाडीहरू बताउँछन् ।

युवाहरू चार जनाको जोडी मिलाएर खेल्न सकिने र छोटो समयमा धेरै पसिना आउने भएकाले यस खेलमा युवाहरूको आकर्षण बढेको प्रशिक्षक तथा खेलाडी विपीन घलेले बताए ।

जिल्लाका स्थानीय तहहरूले लगानी गरेर कभर्डहल निर्माण गरेपछि भित्र खेल्ने खेल भएकाले हावापानी, घाम तथा अन्य समयमा पनि खेल्न सहज भएको खेलाडी एवं व्यास नगरपालिकाका योजना शाखा प्रमुख भेषराज तिवारीले बताए । व्यास नगरपालिका–१ निवासी प्रदीप न्यौपानेले कार्यालय समयबाहेकको समयमा फुर्सद मिलाएर नियमित रूपमा ब्याडमिन्टन खेल्ने गरेको बताए । 

ब्याडमिन्टन प्रतियोगितामा युवाको आकर्षण बढेपछि यहाँ प्रतियोगितासमेत हुने गरेका छन् । ब्याडमिन्टन प्रतियोगितामा धेरै टिमको सहभागिताले यस खेलमा आकर्षण बढेको पुष्टि हुने खेलाडी रामकृष्ण क्षेत्रीले बताए ।

म्याग्दे गाउँपालिकाले थर्पुमा म्याटसहितको र धयरेमा कभर्डहल निर्माण गरी खेललाई निरन्तरता दिएको म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १२ : ३५ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम