पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ « Khabarhub

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्। 

विदेशमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले पहिलो पटक स्काई डाइभिङ सुरु गरेका हुन । 

यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएको सिम्रिक एअरले जनाएको छ ।  उसका अनुसार सिम्रिक एयर र इन् स्काई डाइभ कम्पनीले पोखरामा शुक्रबार देखी स्काई डाइभिङ सुरु गरेका हुन्, जो २१ जनवरीसम्म जारी रहनेछ ।

यस अवधिमा स्काई डाइभिङ गर्न कम्पनीले भीआईपी र डिलक्स गरी दुई वटा प्याकेज बनाएको र भीआईपीको १ लाख १५ हजार रुपैयाँ र डिलक्सको ९५ हजार रुपैयाँ पर्नेछ। 

जसअनुसार पोखरा विमानस्थलबाट हेलिकोप्टर उडान गरी पोखरा–२३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्नेछन्। माथिबाट ड्राइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन्।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  २ : ४२ बजे

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

तनहुँ – जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले

बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को