गाजा युद्धविराम वार्ताबारे कतारद्वारा ट्रम्पका प्रतिनिधिलाई जानकारी « Khabarhub

गाजा युद्धविराम वार्ताबारे कतारद्वारा ट्रम्पका प्रतिनिधिलाई जानकारी


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

दोहा – इजिप्ट र अमेरिकासँग मिलेर मध्यस्थता गरिरहेको गाजा युद्धविराम वार्ताबारे मध्यस्थकर्ता कतारले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफलाई शुक्रबार जानकारी गराएको जनाएको छ ।

दोहामा भएको भेटमा प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले विटकोफसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम र विशेषगरी गाजामा युद्धविराम गर्ने प्रयासबारे छलफल गरेको कतारी विदेश मन्त्रालयले जनाएको छ ।

यसै महिनाको सुरुमा मध्यस्थकर्ताहरूले गाजा युद्ध अन्त्य गर्न र प्यालेस्टिनी क्षेत्रमा बन्धक बनाइएका दर्जनौं इजरायली बन्धकहरूको रिहाईका लागि नयाँ प्रयास सुरु गरेका थिए। कूटनीतिक स्रोतहरूले हमास र इजरायलमाथि अप्रत्यक्ष वार्तामा सम्झौता गर्न अन्तर्राष्ट्रिय दबाब बढिरहेको सङ्केत गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्तामा ‘वास्तविक प्रगति’ भएको बताएका छन् । ट्रम्पले जनवरी २० मा आफ्नो सपथ ग्रहण गर्नुअघि बाँकी बन्दीहरूलाई रिहा नगरे हमासलाई ‘नराम्रो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका थिए ।

विश्लेषकहरूका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले जो बाइडेनको प्रशासनको अन्तिम दिनमा भन्दा ट्रम्पको कार्यकालमा सम्झौतालाई अन्तिम रूप दिन चाहेको बताइँदै आएको छ ।

इजरायली थिङ्क ट्याङ्क ‘मिसगाभ इन्स्टिच्युट फर नेसनल सेक्युरिटी एण्ड जियोनिस्ट स्ट्राटेजी’का वरिष्ठ अनुसन्धाता कोबी माइकलले यसै साताको सुरुमा एएफपीसँग भनेका थिए, “अमेरिकी राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन नेता ट्रम्पले कार्यभार सम्हाल्दासम्म म महत्वपूर्ण प्रगतिको अनुमान गर्न सक्दिनँ ।”

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ८ : २४ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस