सरकारले संसद्को अवहेलना गर्‍यो : हितराज पाण्डे « Khabarhub

सरकारले संसद्को अवहेलना गर्‍यो : हितराज पाण्डे


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सरकारमाथि संसद्को अवहेलना गरेको आरोप लगाएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारमाथि यस्तो आरोप लगाएका हुन् ।

‘खास गरेर हाम्रो संसद्को समग्र क्रियाकलापमा सरकाले सांसदलाई मिनिमाइज गरिरहेको छ, अपहेलना गरिरहेको छ,’ सभामुख देवराज घिमिरेसँग समय माग गरेर बैठकमा बोलेका प्रमुख सचेतक पाण्डेले भने, ‘र, सरकारले जनताका प्रतिनिधिहरूको आवाजलाई ठीक ढंगले सुन्न चाहिरहेको छैन ।’

उनले कार्य व्यवस्था परामर्श समितिको बैठकबाट तयार गरिएको कार्य तालिकाअनुसार सरकार नचलेको भन्दै आपत्ति पनि जनाए ।

‘कार्य व्यवस्था परामर्श समितिको बैठकबाट यही महिनाको १५ गते कार्यतालिका बनायौँ । त्यो कार्य तालिकाअनुसार आज भ्रष्टाचार निवारणसम्बन्धी विधेयक प्रस्तुत हुने, त्यसलाई पारित हुने विषयवस्तुहरू गर्‍यौँ,’ पाण्डेले भने, ‘त्यसपछि हिजो पनि हामीले अनौपचारिक रूपमा कार्यताकिलाबारे छलफल गर्‍यौँ, सम्माननीयज्यूको उपस्थितिमा । सम्भावित कार्यक्रम पनि हिजो आयो । तर, आज हामीले यहाँ पस्ने बेलामा सरकारले समय छैन, त्यसकारणले आज त्यो सूची हटाइयो भनेर जानकारी दिइयो ।’ 

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले जनताका प्रतिनिधिहरूको संस्था संसद्ले बनाएका विषयवस्तुलाई सरकारले पालना गर्नुपर्नेमा जोड दिए । 

‘के सरकारले पालना गर्नु पर्दैन ? संसद्ले सधैँ सरकारले जे–जे भन्ने हो, त्यही–त्यही अनुसार गर्ने हो कि ?,’ उनले प्रश्न गरे, ‘जनताका प्रतिनिधि भएको यो संस्थाले बनाएका विषय वस्तु सरकारले पनि पालना गर्नुपर्ने हो ?’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : ४३ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध