नौ महिनामै सम्बन्ध टुंगिएपछि एलिनाले लेखिन्- प्रिय विष्णु आजदेखि कानुनी रुपमै अलग भयौँ « Khabarhub

नौ महिनामै सम्बन्ध टुंगिएपछि एलिनाले लेखिन्- प्रिय विष्णु आजदेखि कानुनी रुपमै अलग भयौँ


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका एलिना चौहानले मंगलबारदेखि पति विष्णु सापकोटासँग छुट्टिएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लामो भावनात्मक विचार लेख्दै आजदेखि आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी हुन्।

‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।’

एलिनाले अहिले पनि अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाका डोबहरू ताजै रहेको भावुक सन्देश विष्णुलाई दिएकी छन् ।

‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्।

तिम्रा नाममा लगाएका हातभरीका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्’, उनले अगाडि लेखेकी छन्, ‘हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।’

उनले यी सबै मात्रल विवाह पूरा नहुने पनि बताएकी छन् । ‘तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ’, उनले लेखेकी छन्, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ।’

उनले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको पनि घोषणा गरेकी छन् । ‘तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु’, उनले अन्तिममा भनेकी छन् ।

चाँडै सकियो सम्बन्ध

गायिका चौहानले वैवाहिक जीवन अघि नबढ्ने अवस्था आएपछि अस्ट्रेलिया बस्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँग सम्बन्ध विच्छेद माग गर्दै गत माघ १८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेकी थिइन् ।

२०८१ गत वैशाख ५ गते बिहे गरेकी एलिनाले काठमाडौं जिल्ला अदालतमा हालेको सम्बन्ध विच्छेदको मुद्दाको मागअनुसार आदेश भएपछि यी दुईजना कानुनी रुपमा छुट्टिएका हुन् ।

लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएपछि छुट्टिने निर्णय गरेकी एलिनाले विष्णुविरुद्ध वारेस विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गराएकी थिइन् ।

एलिना र अस्ट्रेलियामा रहेका पतिबीच सम्बन्ध बिग्रिएको चर्चा केही महिनादेखि चलिरहेको थियो । बिहेअघिसम्म कमै विवादमा पर्ने उनी बिहेपछि तनावमा देखिन्थिन् । त्यहीकारण उनको वैवाहिक सम्बन्धमा चिसो पसेको ‘गसिप’ चलेको थियो। अन्तत: मनोरञ्जन क्षेत्रमा चलेको गसिपलाई पुष्टि गर्दै दुईजनाबीच सम्बन्धविच्छेद भएको हो । यसअघि उनी घरेलु हिंसाको शिकार बनेको पनि चर्चा थियो ।

विष्णु र एलिनाले यसबारे औपचारिक रुपमा बोलेका थिएनन् । तर सम्बन्ध चिसिएको र एलिना घरेलु हिंसापीडित बनेको चर्चा भइरहँदा दुवै मौन बस्दा शंका बढेको थियो। अन्तत: त्यही शंकालाई पुष्टि गर्दै एलिनाले विष्णुसँग छुट्टिने बाटो खोज्दै अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।

यसबारे यसअघि ६ माघमा खबरहबले एलिनासँग बुझ्ने प्रयास गर्दा उनले एलिना बोल्न चाहेकी थिइनन् । उनले त्यसबेला मिडियाप्रति आक्रोश पोखेकी थिइन् ।

चर्चामा आएका विषय आफ्ना निजी र व्यक्तिगत भएकाले मिडियाले चासो राख्नुनपर्ने उनको तर्क थियो । तर उनले त्यसबेला देखाएको आक्रोशले उनी तनावमा रहेको भने पुष्टि गर्‍थ्यो ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ४ : ११ बजे

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका

केन्यामा हात्ती मर्न थालेपछि चिन्ता

नैरोबी- दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुनयता कम्तीमा २० वटा

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष