सामाजिक सञ्जाल विधेयकका प्रावधानमाथि शिक्षा समितिको ध्यानाकर्षण « Khabarhub

सामाजिक सञ्जाल विधेयकका प्रावधानमाथि शिक्षा समितिको ध्यानाकर्षण


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनलाइन टिभी पत्रकार संघले सामाजिक सञ्जाल विधेयकका प्रावधानका विषयमा संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ ।

मंगलबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले सामाजिक सञ्जाल सम्बन्धी विधेयकलाई संशोधनपछि मात्रै अघि बढाउनुपर्ने समेत जनाएको छ ।

संघले विधेयकले खबरदारी तथा आलोचना गर्न पाउने नागरिकको आधारभूत अधिकारलाई कुण्ठित गर्ने काम गरेको जनाएको छ । नागरिकका अधिकार हनन हुने प्रावधान हटाएर मात्रै विधेयक अघि बढाउनुपर्ने संघको भनाइ छ । संघको ध्यानाकर्षण पत्र बुझ्दै समिति सभापति थापाले विधेयकका बारेमा छलफल चलाउने प्रतिबद्धता जनाए  ।  

सरकारले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक र प्रेस स्वतन्त्रताको मर्मविपरीत नियन्त्रणमुखी कानून बनाएर बनाउन खोजेको भन्दै सामाजिक सञ्जाल विधेयकको विरोध भइरहेको छ । 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : १९ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल