सामाजिक सञ्जाल विधेयकका प्रावधानमाथि शिक्षा समितिको ध्यानाकर्षण « Khabarhub

सामाजिक सञ्जाल विधेयकका प्रावधानमाथि शिक्षा समितिको ध्यानाकर्षण


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनलाइन टिभी पत्रकार संघले सामाजिक सञ्जाल विधेयकका प्रावधानका विषयमा संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ ।

मंगलबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले सामाजिक सञ्जाल सम्बन्धी विधेयकलाई संशोधनपछि मात्रै अघि बढाउनुपर्ने समेत जनाएको छ ।

संघले विधेयकले खबरदारी तथा आलोचना गर्न पाउने नागरिकको आधारभूत अधिकारलाई कुण्ठित गर्ने काम गरेको जनाएको छ । नागरिकका अधिकार हनन हुने प्रावधान हटाएर मात्रै विधेयक अघि बढाउनुपर्ने संघको भनाइ छ । संघको ध्यानाकर्षण पत्र बुझ्दै समिति सभापति थापाले विधेयकका बारेमा छलफल चलाउने प्रतिबद्धता जनाए  ।  

सरकारले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक र प्रेस स्वतन्त्रताको मर्मविपरीत नियन्त्रणमुखी कानून बनाएर बनाउन खोजेको भन्दै सामाजिक सञ्जाल विधेयकको विरोध भइरहेको छ । 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : १९ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण