वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड « Khabarhub

वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । 

आज सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६२औँ बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधान सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफलका क्रममा उनीहरूले वन्यजन्तुको सुरक्षाका लागि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्ने बताए। 

समितिका सभापति मायाप्रसाद शर्माले आवश्यकताका आधारमा मात्रै निकुञ्जमा पूर्वाधार निर्माण गर्नुपर्ने बताए। 

‘विकासको नाममा संरक्षण क्षेत्र विनाश हुने किसिमले नीतिगत व्यवस्था लागू गर्नुहुँदैन । संरक्षण गर्ने भनेर मात्र पनि हुँदैन । विकास आजको आवश्यकता हो,’ उनले भने, ‘विकास र वातावरणलाई सन्तुलन गरेर अघि बढ्नुपर्छ ।’

सांसद मदनकुमारी शाहले संरक्षण क्षेत्रभित्र वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धीका नीति कडाइका साथ लागू गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताए। 

सांसद रेणु चन्दले निकुञ्ज क्षेत्रभित्र वन्यजन्तु आवतजावतलाई सहज बनाउन ‘अन्डरपास’ र ‘ओभरपास’का लागि पूर्वाधार निर्माण गर्नुपर्ने बताइन्। 

सांसदहरू नरबहादुर विष्ट, श्रीकृष्णप्रसाद अधिकारी, युवराज शर्मा, सुमित्रा विसी, गोमादेवी तिमल्सेना, रुक्मिणी कोइराला, बलदेव बोहोरा, पदमबहादुर परियारले निकुञ्ज क्षेत्रमा पूर्वाधार निर्माण गर्दा वातावरणमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : २९ बजे

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी