वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड « Khabarhub

वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । 

आज सङ्घीय संसद्, राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६२औँ बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधान सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफलका क्रममा उनीहरूले वन्यजन्तुको सुरक्षाका लागि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरिनुपर्ने बताए। 

समितिका सभापति मायाप्रसाद शर्माले आवश्यकताका आधारमा मात्रै निकुञ्जमा पूर्वाधार निर्माण गर्नुपर्ने बताए। 

‘विकासको नाममा संरक्षण क्षेत्र विनाश हुने किसिमले नीतिगत व्यवस्था लागू गर्नुहुँदैन । संरक्षण गर्ने भनेर मात्र पनि हुँदैन । विकास आजको आवश्यकता हो,’ उनले भने, ‘विकास र वातावरणलाई सन्तुलन गरेर अघि बढ्नुपर्छ ।’

सांसद मदनकुमारी शाहले संरक्षण क्षेत्रभित्र वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धीका नीति कडाइका साथ लागू गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताए। 

सांसद रेणु चन्दले निकुञ्ज क्षेत्रभित्र वन्यजन्तु आवतजावतलाई सहज बनाउन ‘अन्डरपास’ र ‘ओभरपास’का लागि पूर्वाधार निर्माण गर्नुपर्ने बताइन्। 

सांसदहरू नरबहादुर विष्ट, श्रीकृष्णप्रसाद अधिकारी, युवराज शर्मा, सुमित्रा विसी, गोमादेवी तिमल्सेना, रुक्मिणी कोइराला, बलदेव बोहोरा, पदमबहादुर परियारले निकुञ्ज क्षेत्रमा पूर्वाधार निर्माण गर्दा वातावरणमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : २९ बजे

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध अपिहिमालका स्थानीय आन्दोलित

दार्चुला– अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १०

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आबद्ध आफ्ना सम्पूर्ण

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि