भूमिसम्बन्धी अध्यादेशमा जसपाको अड्कोपछि प्रधानमन्त्रीले बोलाए संयन्त्रको बैठक « Khabarhub

भूमिसम्बन्धी अध्यादेशमा जसपाको अड्कोपछि प्रधानमन्त्रीले बोलाए संयन्त्रको बैठक


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

राजनीतिक संयन्त्रको बैठक अहिले साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस बैठकमा सरकारले गत पुस १४ गते, पुस २९ गते र माघ २ गते ल्याएका ६ वटा अध्यादेशबारे छलफल हुने छ ।

जसपाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’लाई समर्थन नगर्ने निर्णय गरिसकेको छ। जसपा नेपालले मंगलबार संसदीय दलको बैठकमार्फत् अन्य पाँच अध्यादेशलाई भने समर्थन गर्ने निर्णय गरिसकेको छ। त्यसलगत्तै प्रधानमन्त्रीले संयन्त्रको बैठक बोलाएका हुन् ।

जसपाले पुस १४ गते जारी गरिएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ लाई समर्थन गर्ने भएको छ ।

त्यसैगरी पुस २९ गते जारी भएका ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ लाई पनि जसपाले समर्थन गर्ने भएको छ ।

गत असार ३० गते प्रधानमन्त्री बनेका ओलीले सरकारलाई सफल र प्रभावकारी बनाउन कांग्रेससँग मिलेर ‘दुई दलीय राजनीतिक संयन्त्र’ बनाएका थिए ।

गत कात्तिक १५ गते बसेको कांग्रेस–एमालेको बैठकबाट प्रधानमन्त्रीले आफू र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा राजनीतिक संयन्त्र बनाएका थिए ।

संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् ।

त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : ०३ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका