इराकमा भएको हवाई आक्रमणमा दुई जना आइएस लडाकुको मृत्यु « Khabarhub

इराकमा भएको हवाई आक्रमणमा दुई जना आइएस लडाकुको मृत्यु


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

बग्दाद – मध्य इराकी प्रान्त सलाहुद्दिनमा भएको हवाई आक्रमणमा दुई इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले मङ्गलबार जनाएको छ ।

गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले सोमबार प्रान्तको उत्तरपूर्वी भागमा रहेको बालकाना क्षेत्रमा आइएस लडाँकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको इराकी संयुक्त अपरेसन कमान्डसँग सम्बद्ध मिडिया आउटलेट सुरक्षा मिडिया सेलले जनाएको छ ।

सेना र खुफिया कर्मीहरूको संयुक्त टोलीले मङ्गलबार बिहान बम भएको क्षेत्रमा खोजी गरेको थियो, जहाँ उनीहरूले दुई आतङ्ककारीको शव, हतियार, मोबाइल फोन र अन्य वस्तुहरू फेला पारेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०१७ आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा केहि सुधार आएको थियो यद्यपि, अझै पनि सहरी तथा दुर्गम क्षेत्रहरुमा लुकेका आइएसका अवशेषहरुले सुरक्षा बल र नागरिकहरुविरुद्ध बारम्बार आक्रमण गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ८ : ३८ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल