इराकमा भएको हवाई आक्रमणमा दुई जना आइएस लडाकुको मृत्यु « Khabarhub

इराकमा भएको हवाई आक्रमणमा दुई जना आइएस लडाकुको मृत्यु


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

बग्दाद – मध्य इराकी प्रान्त सलाहुद्दिनमा भएको हवाई आक्रमणमा दुई इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले मङ्गलबार जनाएको छ ।

गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले सोमबार प्रान्तको उत्तरपूर्वी भागमा रहेको बालकाना क्षेत्रमा आइएस लडाँकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको इराकी संयुक्त अपरेसन कमान्डसँग सम्बद्ध मिडिया आउटलेट सुरक्षा मिडिया सेलले जनाएको छ ।

सेना र खुफिया कर्मीहरूको संयुक्त टोलीले मङ्गलबार बिहान बम भएको क्षेत्रमा खोजी गरेको थियो, जहाँ उनीहरूले दुई आतङ्ककारीको शव, हतियार, मोबाइल फोन र अन्य वस्तुहरू फेला पारेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०१७ आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा केहि सुधार आएको थियो यद्यपि, अझै पनि सहरी तथा दुर्गम क्षेत्रहरुमा लुकेका आइएसका अवशेषहरुले सुरक्षा बल र नागरिकहरुविरुद्ध बारम्बार आक्रमण गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ८ : ३८ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण