धन प्राप्तिअघि देखिन्छन् यी पाँच विशेष सङ्केत  « Khabarhub

धन प्राप्तिअघि देखिन्छन् यी पाँच विशेष सङ्केत 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वास्तुशास्त्रका अनुसार जीवनको सकारात्मक ऊर्जासँग जोडिएका केही सङ्केतहरू छन् । यी सङ्केतहरूले तपाईँलाई जीवनमा धन प्राप्त हुने सङ्केत गर्दछ। यी चिन्हहरू तपाईँको सुख र समृद्धिको प्रतीक पनि हुन् । उदाहरणका लागि, गाईले रोटी खाइरहेको देख्नु पनि शुभ मानिन्छ ।

विशेष गरी बिहान सबेरै गाईले रोटी खाएको देख्नु जीवनको दुखद वा पीडादायी दिनको अन्त्यको सङ्केत मानिन्छ । यसका अलावा धन प्राप्तिसँग जोडिएका अन्य विशेष सङ्केत पनि छन् । आउनुहोस्, जानौँ लक्ष्मी प्राप्तिको विशेष लक्षण ।

भृकुटी फड्किनु

ज्योतिष शास्त्रमा यो चिन्हलाई धन प्राप्तिसँग पनि जोडिएको देखिन्छ । विशेष गरी यदि तपाई बिहान वा बेलुका उठ्ने बित्तिकै तपाईँको भौँ (आँखाको माथिको हड्डीमा रहेको कपाल) फड्किरहेको महसुस गर्नुहुन्छ भने, तपाईँलाई देवी लक्ष्मीको आशीर्वाद दिइनेछ भनेर बुझ्नुहोस् ।

सपनामा कमलको फूल देख्नु

स्वप्न शास्त्र अनुसार हरेक सपनाको कुनै न कुनै अर्थ हुन्छ, त्यसैले सपनामा कमलको फूल देख्नु पनि सौभाग्यको सङ्केत हो । माता लक्ष्मी कमलको फूलमा विराजमान हुनुहुन्छ। लक्ष्मीलाई प्रसन्न पार्न कमलको फूल चढाइन्छ, सपनामा कमलको फूल देखेमा भविष्यमा धन प्राप्त हुनेछ भनी बुझ्नुहोस्।

घरमा सुगा आउनु 

सुगा धनको देवता कुबेरसँग सम्बन्धित छ। त्यसैगरी सुतालाई लक्ष्मी मातासँग पनि सम्बन्धित मानिन्छ । यस्तो अवस्थामा यदि तपाईँको घरमा सुगा आउँछ भने तपाईँले आफूलाई भाग्यमानी ठान्नुपर्छ किनकि सुगा तपाईँको घरबाट आर्थिक कठिनाइहरू हट्ने सङ्केत हो र तपाईँमा देवी लक्ष्मीको कृपा वर्षा हुने छ ।

घरमा उल्लुको आगमन

उल्लु लक्ष्मीको वाहन हो, त्यसैले तपाईँको घरमा उल्लु आयो वा कतै उल्लु बसेको देख्नुभयो भने तपाईँको जीवनमा रहेको आर्थिक संकटको अन्त्य हुने र भविष्यमा तपाईँको आम्दानी बढ्ने सङ्केत हो भन्ने विश्वास गरिन्छ । कुनै पनि समयमा उल्लु देख्नु धन प्राप्तिको ठूलो चिन्ह मानिन्छ।

शंखको आवाज सुन्नु

बिहान उठ्ने बित्तिकै कतै शंखको आवाज सुन्नुभयो भने यो आवाज आफ्नो आर्थिक स्थिति बलियो हुने सङ्केत हो भन्ने बुझ्नुपर्छ । शंख समुद्रबाट निस्किएको हुनाले शंखलाई अति पवित्र रत्न मानिन्छ। माता लक्ष्मीको उत्पत्ति पनि समुद्रबाट भएको हुनाले माता लक्ष्मीलाई शंखसँग सम्बन्धित मानिन्छ। -नवभारत टाइम्सबाट साभार

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ७ : १२ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने