आज २०८१ साल फागुन २७ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन २७ गते मंगलबारको राशिफल


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २७ गते मंगलबार फागुन शुक्ल पक्षको द्वादशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ मार्च ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंका लागि आजको दिन सामान्य छ। व्यापारमा फाइदा भए पनि इज्जत जोगाउन कठिन हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। औषधी नियमित गर्न नसक्दा मन अशान्त बन्नेछ। परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ।

वृष : तपाईंको बोली बिक्नेछ। बोल्दा सचेत बन्नुपर्नेछ। राजनीतिमा सफलता मिल्नेछ भने शिक्षामा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुने योग छ।

मिथुन : आज धनलक्ष्मी योग परेकाले सदुपयोग गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। विपक्षी भन्दै आएका साथीबाट सहयोग पुग्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : आजको निर्णय दीर्घकालसम्म रहनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथ मिल्नेछ। परिवारबाट सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। पश्चिमको लामो यात्रा नगर्नु उपयुक्त हुनेछ।

सिंह : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्नेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नुपर्ने समय छ। व्यापारमा लगानी गर्दा सचेत बन्नुपर्ने समय छ।

कन्या : दिन राम्रो छ। लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम छ।

तुला : भाग्यको स्थानमा चन्द्रमा पुगेकाले तपाईंले गरेको प्रयास सफल बन्नेछ। शिक्षामा गरेको लगानीमा थप मिहिनत गर्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्राविधिक शिक्षाबाट आम्दानी हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ। परिवारसँग रमाइलो भेटघाटको अवसर मिलेको देखिन्छ।

धनु : आज दिन सामान्य छ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। तपाईंले गरेको मिहिनेतको फल अरुले लिँदा राजनीतिक क्षेत्रमा खटपटी बढ्नेछ। अरु काममा सक्रिय हुँदा स्वास्थ्यमा भने समस्या आइपर्ने जोखिम छ।

मकर : दिन सामान्य छ। रोगबाट मुक्त हुने योग छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी साथीको सहयोगमा तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुदृढ रहनेछ।

कुम्भ : सानो कुराले मनमा आक्रोश बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। धार्मिक कुरामा विश्वास नहुने जोखिम कम गर्न बिहान उठेर शिवजीको भजन सुन्नु उपयुक्त हुनेछ। संकटको समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ। सुरुवाती शनिले केही खर्च भए पनि इज्जत बढ्नेछ। व्यापारमा गरेको साझेदारीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट पाउने पुरस्कारले मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ५ : ०२ बजे

आज २०८२ साल चैत १ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १ गते आइतबार चैत

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको