स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा डा. काफ्ले नियुक्त « Khabarhub

स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा डा. काफ्ले नियुक्त


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले तनहुँका काफ्लेलाई बीमा बोर्डको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा उनी उपाध्यक्ष थिए ।

नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारहरूमध्ये फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिई तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सिफारिस गरिएका नामहरूमा कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्ले परेका थिए ।

डा. काफ्लेसँग करिब १२ वर्ष संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहभागितात्मक जिल्ला विकास कार्यक्रम तथा संयुक्त राष्ट्रसङ्घीय बालकोषको महिला तथा बालबालिकासम्बन्धी विकेन्द्रित कार्यक्रमलगायतका विकास साझेदारका परियोजनाहरूमा जिल्ला टोली नेताको रूपमा कार्य गरेको अनुभव छ ।

उनले समुदाय, स्थानीय तह, र जिल्ला तहको वास्तविक विकासमा विशेष योगदान दिएका छन् । गरिबी निवारण, उद्यम तथा रोजगारी प्रवर्द्धन, सामाजिक सशक्तीकरण, बाल विकास तथा महिला सहभागिता वृद्धिमा उनले विशेष दखल राख्ने गर्छन् ।

डा. काफ्ले चार वर्ष वैदेशिक रोजगार बोर्डका कार्यकारी प्रमुख रहे । उनले सुरक्षित, व्यवस्थित, र मर्यादित वैदेशिक रोजगारका लागि महत्वपूर्ण भूमिका निभाएका थिए ।

मन्त्रिपरिषद बैठकले बैठकले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा लमजुङका फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  बैठकले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ । 

बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको बताइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : २७ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक