सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज « Khabarhub

सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

कैलाली– सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज भएको छ । कैलालीको सहजपुरबाट डोटीको बडिकेदारसम्मको ५० किलोमिटर सडक कालोपत्रको काम पूरा भएसँगै सो कार्यालय खारेज भएको हो ।

सङ्घीय सरकारले चालु आर्थिक वर्षमा सो सडक योजना कार्यालय खारेज गरे पनि सडक हस्तान्तरणमा ढिलाइ भएको छ । उक्त सडकलाई डिभिजन कार्यालय डोटी र महेन्द्रनगरमध्ये कुन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने भन्ने निर्णय नभएको सडक डिभिजन कार्यालय डोटीका प्रमुख रमेश भट्टराईले बताए ।

डोटीको बडिकेदारबाट बोगटानसम्मको २४ किलोमिटर सडक कालोपत्रको ठेक्का प्रक्रिया थालिएका बेला योजना कार्यालय नै खारेज भएपछि अन्योल सृजना भएको छ ।

सङ्घीय सरकारले २४ किलोमिटर सडक कालोपत्र गर्न वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरेको थियो । तर, योजना कार्यालय नै खारेजीमा परेपछि नयाँ ठेक्का प्रक्रियामा अन्योल भएको भट्टराईको भनाइ छ ।

सङ्घीय सरकार मातहतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ३६ किलोमिटर सडकको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । सङ्घीय सरकारको विस्तृत आयोजना प्रतिवेदनमा ३६ किलोमिटर सडक निर्माणका लागि दुई अर्ब ५० करोड बजेट आवश्यक पर्ने देखिएको जनाइएको छ ।

सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले विभागमा बजेट माग गर्दै फाइल पठाएको जनाइएको छ ।

सङ्घीय सरकारले २४ किलोमिटर सडकको ठेक्का सम्झौताका लागि बजेट स्वीकृतिका लागि सडक विभागमा फाइल पठाएको छ । सडक सुधार तथा विकास आयोजना निर्देशनालयका सूचना अधिकारी क्षितिज जोशीले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणको काम नहुने बताए । सहजपुर–विपीनगर–बोगटान सडकको पुरानो ठेक्काको काम सकिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : १३ बजे

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

त्रिशूली– धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

गलकोट– बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ ।

चार महिने छोराको हत्या आरोपमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं– आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका