भोजपुरको सानोदुम्मा माविमा ‘ई–लर्निङ सेन्टर’ स्थापना « Khabarhub

भोजपुरको सानोदुम्मा माविमा ‘ई–लर्निङ सेन्टर’ स्थापना


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित सानोदुम्मा माध्यमिक विद्यालयमा ‘ई–लर्निङ सेन्टर’ स्थापना गरिएको छ । विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो ।

ईश्वर मन्दिर काठमाडौं अभियानले विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । ईश्वर मन्दिरले २०  थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी र एक थान वाइफाई सेट वितरण गरेर सेन्टर सञ्चालन ल्याएको हो । विद्यालयमा आठ लाख रुपैयाँ बराबरको सामग्री वितरण गरेर सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौंका महासचिव सङ्केत कोइरालाले जानकारी दिए ।

ई–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढकालले बताए  ।

आवश्यकताका आधारमा विद्यालय, समय र विद्यालयभन्दा अन्य समयमा पनि समूह निर्माण गरेर प्राविधिमैत्री शिक्षण गराइने उनले जानकारी दिए ।

सबै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न समूह निर्माण गरेर शिक्षणमा जोड दिइने ढकालको भनाइ छ ।

पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रविधिमैत्री शिक्षणमा जोड दिइएको बताए । समाज सुधारको पहिलो आधार शिक्षा रहेकाले जीवनोपयोगी शिक्षणमा गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको अध्यक्ष राईको भनाइ थियो ।

पछिल्लो समय विज्ञान र प्रविधिले फड्को मारेकाले शिक्षण पद्धतिलाई  प्रविधिमैत्री बनाउन आवश्यक रहेको पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले बताए । डिजिटल प्रविधिको शिक्षण सिकाइमा सहयोग गर्ने उद्देश्यले ईश्वर मन्दिर काठमाडौं अभियानले विद्यालयमा सहयोग गर्दै आएको उनको भनाइ थियो ।

‘आजको युग विज्ञान र प्रविधिको युग हो, हामीले पनि शिक्षालाई समयसापेक्ष अघि बढाउन आवश्यक छ । दूरदराजका विद्यालयलाई प्रविधिसँग जोड्न हामीले अभियान सञ्चालन गरेर आवश्यक प्रोत्साहन गरिरहेका छौँ’, पूर्व अर्थमन्त्री कोइरालाले भने । 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ९ : ३८ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका