न्याम्सको एमडी एमएस कार्यक्रम प्रहरी अस्पतालमा  « Khabarhub

न्याम्सको एमडी एमएस कार्यक्रम प्रहरी अस्पतालमा 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को एमडीरएमएस कार्यक्रम नेपाल प्रहरी अस्पतालमा पनि सञ्चालन हुने भएको छ । 

मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा त्यस सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता पत्रमा न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा.लोचन कार्की र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजुले हस्ताक्षर गरेका छन् ।

सोही कार्यक्रममा उपस्थित भएका न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सम्झौँता पत्रमा संरक्षकको रुपमा हस्ताक्षर गरेका छन् । न्याम्सले यसअघि पनि अन्य संस्थासँग यसैगरी सम्झौता गर्दै एमडी एमएस कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

उपकुलपति प्रा.डा बस्नेतले नेपाल प्रहरी अस्पताल २२ औँ संस्था भएको बताए । उनले अब फ्याकल्टीहरु हेरेर कार्यक्रम उपयुक्त कार्यक्रम नेपाल प्रहरी अस्पताललाई दिने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : ४२ बजे

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको