पूर्वराजालाई प्रचण्डले भने- लोकतन्त्रभित्रै अधिकार खोज्नू, नत्र गणतन्त्रले आफ्नो शक्ति देखाउँछ « Khabarhub

पूर्वराजालाई प्रचण्डले भने- लोकतन्त्रभित्रै अधिकार खोज्नू, नत्र गणतन्त्रले आफ्नो शक्ति देखाउँछ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रभित्रै अधिकार खोज्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामाको बैठकमा विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले भने, ‘लोकतन्त्र जति प्रचण्डको हो, त्यति नै ज्ञानेन्द्र शाहको पनि हो ।’

उनले पूर्वराजा शाहलाई सम्झाउने क्रममा राजसंस्था पुनर्स्थापनाको गलत बाटोमा नजान पनि भने ।

‘लोकतन्त्र जति प्रचण्डको हो, त्यति नै ज्ञानेन्द्र शाहको पनि हो भन्ने मान्यता सबै राजनीतिक दलले राखेका छौँ । यो कुरालाई कमजोरी नठानियोस्,’ उनले भने, ‘संविधानले पनि मान्यता दिएको छ । लोकतन्त्रका मूल्य मान्यता नमानेर असंवैधानिक बाटो रोजिए क्रान्तिले आफ्नो शक्ति देखाउँछ । यो चुनौतीसहित पूर्वराजाले लोकतन्त्रभित्रै ठाउँ खोजेमा हामीलाई आपत्ति छैन ।’

सरकारले आफ्ना कार्यशैली नसुधारे सडकमा प्रतिक्रियवादीहरू अझै सलबलाउने उनले बताए । जनतामा सरकारप्रति वितृष्णा बढेकाले जनचाहानालाई उपेक्षा गर्न नहुने बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : १९ बजे

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ