प्रचण्डलाई गगनको जवाफ- म हुँदा सबै ठिक, म नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुस् | Khabarhub Khabarhub

प्रचण्डलाई गगनको जवाफ- म हुँदा सबै ठिक, म नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुस्


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादी सडकमा आउनुको कारणमा सबै सरकार मात्रै दोषी नभएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफू हुँदा मात्रै सबै म ठिक, तर आफू बाहिरिएपछि सबै बेठिक भयो भन्ने हाँस्यास्पद कुरा नगर्न उनले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाए ।

उनले प्रचण्डलाई जवाफ दिँदै सबै आरोप सरकारलाई मात्रै लगाएर नपन्छिन आग्रह गरे ।

‘सबै गलत हुन्छ भन्दा मान्छेमा कस्तो प्रभाव पर्छ । प्रतिपक्षले प्रश्न गर्ने हो तर यसरी पनि नगरौँ कि समस्यालाई बढाइ चढाइ नगरौँ’, उनले भने, ‘म हुँदा ठिक थियो म नहुँदा गयो, सबै बिग्रियो भन्नु राम्रो होइन । आफूले त्यसो भन्दा अर्कोले पत्याएको भन्ने लाग्छ ? हामी सबै त्यस्तै छौँ । सबैले गल्ती गरेका छौँ । आत्मालोचना गरौँ ।’

प्रचण्डले गगनभन्दा अगाडि सम्बोधनका क्रममा केपी शर्मा ओली नेतृत्वको सरकारको अकर्मण्यताका कारण जनताको निराशा बढ्दा राजावादी सलबलाएको बताएका थिए । उनले यो सबै कुराको दोषी सरकार भएकाले कमजोरी स्वीकार्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ४० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका