मुग्लिन–मलेखु सडकको स्तरोन्नति सुस्त गतिमा | Khabarhub Khabarhub

मुग्लिन–मलेखु सडकको स्तरोन्नति सुस्त गतिमा


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन– मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ । हालसम्म २५ प्रतिशत प्रगति भएको छ ।
 
नागढुङ्गा–मुग्लिन सडक आयोजनालाई तीन प्याकेज छुट्याएर स्तरोन्नतिको काम भइरहेको छ । करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन प्याकेज छुट्याएर स्तरोन्नति गरिएको हो । पहिलो प्याकेजमा नागढुङ्गा–नौविसे, दोस्रोमा नौविसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी छुट्याइएको छ ।
 
पहिलो प्याकेजअन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किलोमिटर, दोस्रो ४३ दशमलव ५४ किलोमिटर र तेस्रो ३८ दशमलव ८६ किलोमिटर छ । तेस्रो प्याकेज अन्तर्गतको नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्ड चितवनका इञ्जिनियर विजय दरैका अनुसार अहिले सडक खण्डमा कालोपत्र र पुलको काम जारी छ । दैनिक २०० हाराहारीले काम गरिरहेको उनले बताए।
 
चुम्लिङटार, कुरिनटार र लेवाटार क्षेत्रमा चार किलोमिटर सडकको दुई लेन कालोपत्र गरिसकिएको छ । बजार क्षेत्रमा चार लेन सडक बन्नेछ । कुरिनटार, लेवाटार र चुम्लिङटारका बाँकी क्षेत्रमा कालोपत्रको काम भइरहेको छ । फिस्लिङ, बेनिघाट र चरौदीमा सबबेसको काम गरिँदै छ । सो सडक खण्डमा पर्नेछ पुलमध्ये चार वटाको सबस्ट्रक्चर सम्पन्न गरिएको जनाउँदै दराईले असारसम्ममा चार पुल सम्पन्न गर्ने योजना रहेको बताए ।
 
चरौदी र हुग्दिका दुई पुलको फाउन्डेसनको काम भइरहेको छ । अन्य क्षेत्रमा पनि सडक विस्तारको काम भइरहेको छ । भित्तो काट्ने र तलबाट उठाउने काम गरिँदै छ । कतिपय ठाउँमा नाली निर्माणको काम भइरहेको छ ।
 
आयोजनाका प्रमुख केदारप्रसाद नेपालले असार मसान्तसम्ममा १६ किलोमिटर कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो । यसैगरी, चार पुल सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

उनले भने, ‘गत वर्षको पुस–माघमा पाँच प्रतिशत मात्रै काम भएको थियो ।’ लक्ष्य लिएको १६ किलोमिटर सडकमध्ये आठ किलोमिटर बजार क्षेत्रमा पर्दछ । बजार क्षेत्रमा चार लेन सडक हुने हुँदा समय लाग्ने भएकाले अहिले बजार केन्द्रीय काम गरिएको बताए।
 
विद्युत्का खम्बा सार्ने काम अझै सकिएको छैन । नेपालका अनुसार ९० खम्बामध्ये ५० सार्न बाँकी छ । सरकारी वन क्षेत्रका रूख काट्ने काम सकिएको छ । समयमा निर्माण सामग्रीको उपलब्धता नहुँदा काममा समस्या आएको उनले बताए। यसका अतिरिक्त निर्माण कम्पनीले आवश्यक स्रोतसाधन परिचालन गर्न नसक्दा पनि समयमा काम सम्पन्न गर्न नसकिएको उनको भनाइ छ ।
 
ठेक्का सम्झौता विसं २०७९ पुस १५ गते भएको हो । कुल रु चार अर्ब ८० करोड ५९ लाख लागतमा शर्मा–जेडआइसिजीले यो सडक खण्ड निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार विसं २०८२ पुस १५ भित्र यस खण्डको काम सकिसक्नुपर्ने हो ।
 
यही सडक खण्डमा गत असोज ११, १२ र १३ गते परेको भीषण वर्षाका कारण कृष्णभिर लगायतका क्षेत्रमा नयाँ पहिरो खसेको थियो । ती पहिरोको व्यवस्थापनका लागि लागत अनुमानको काम भइरहेको छ । यस खण्डका छ स्थानमा पहिरो जाँदा सडकमा पूर्ण रूपमा क्षति पुगेको थियो । कृष्णभिरमा करिब १०० मिटरसम्म सडक भासिएको थियो । सडक स्तरोन्नतिसँगै सोको पुनःनिर्माणसमेत गर्नुपर्ने हुन्छ ।
 
विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा सडकको स्तरोन्नति गरिएको हो । यो सडक हुँदै राजधानी प्रवेश र बाहिरिने भएकाले सवारी साधनको निकै चाप हुने गर्दछ । सवारी साधनको उच्च चापका बाबजुद काम गर्नुपर्दा सोचेजस्तो प्रगति गर्न कठिन हुने गरेको नेपालको भनाइ छ ।

यो सडक हुँदै दैनिक १५ हजार हाराहारी सवारी साधन आवतजावत गर्ने अनुमान छ । सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश र बाहिरने यात्रुले अहिले पाइरहेको हैरानीबाट मुक्त हुनेछन् ।  

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ५५ बजे

प्रेस चौतारीले चार सदस्यलाई गर्‍यो कारबाही

काठमाडौं – नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले

सुमनाको राजीनामाले रास्वपा तरंगित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १२ पदाधिकारीमध्ये ४

अफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु, तीन घाइते

काबुल – अफगानिस्तानको बडाख्शान प्रान्तको जेबाक जिल्लामा शुक्रबार बिहान बारुद

गण्डकीमा कर्मचारी व्यवस्थापनमा मनोमानी, गुनासो आए मुख्यमन्त्रीको सचिवालयलाई देखाउँदै पन्छिँदै

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १२ गते