वामपन्थी एकता र राष्ट्रिय सहकार्यको आवश्यकता : प्रचण्ड | Khabarhub Khabarhub

वामपन्थी एकता र राष्ट्रिय सहकार्यको आवश्यकता : प्रचण्ड


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उत्पन्न राजनीतिक जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमा देखा परेका चुनौती समाधान गर्न वामपन्थी एकता र राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आज अपिल जारी गर्दै प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी विचार, प्रतिवद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।’

प्रचण्डले संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि सबै गणतान्त्रिक शक्तिहरूलाई राष्ट्रिय एकताको साझा मोर्चामा उभिन आह्वान गरेका छन् ।

उनले माओवादीसहितका सबै वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन पनि हार्दिक अपिल गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : ५० बजे

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल