वामपन्थी एकता र राष्ट्रिय सहकार्यको आवश्यकता : प्रचण्ड « Khabarhub

वामपन्थी एकता र राष्ट्रिय सहकार्यको आवश्यकता : प्रचण्ड


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उत्पन्न राजनीतिक जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमा देखा परेका चुनौती समाधान गर्न वामपन्थी एकता र राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आज अपिल जारी गर्दै प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी विचार, प्रतिवद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच सङ्गठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।’

प्रचण्डले संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि सबै गणतान्त्रिक शक्तिहरूलाई राष्ट्रिय एकताको साझा मोर्चामा उभिन आह्वान गरेका छन् ।

उनले माओवादीसहितका सबै वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन पनि हार्दिक अपिल गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : ५० बजे

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा