स्वास्थ्य मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण  | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण गरिएको छ। 

सङ्घीय संसद् परिसरमा सांसदलगायत मर्यादापालक, कर्मचारी, सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गरिएको हो । सरकारले नसर्ने रोगहरूको पहिचानका लागि फागुन महिनालाई एक महिने अभियानको रूपमा सञ्चालन गरिरहेको छ । 

सोही अभियान अन्तर्गत सांसदहरूको मधुमेह, उच्च रक्तचाप, मृगौलासम्बन्धी रोगका साथै शरीरको उचाइ र तौलको अनुपात परीक्षण गरिएको हो ।

उक्त अभियानको सांसदहरुले प्रशंसा गरेका छन् । स्वास्थ्य परीक्षणमा सहभागी सांसद कल्पना मियाँ कुसारीले स्वस्थ खानपान र नियमित योगाले स्वास्थ्य ‘रिपोर्ट’ राम्रो आएको बताइन् । 

उनले भनिन्, ‘म स्वास्थ्यमा सजग छु । सरकारको यो कदम सराहनीय छ । यस्ता परीक्षण अझै दूरदराजका जनतामा लानुपर्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ तथा जनस्वास्थ्य अधिकृत दीपक भट्टले सर्वसाधारणलाई स्वास्थ्य परीक्षणमा प्रेरित गरिने बताए । उनका अनुसार आज र भोलि दुई दिन स्वास्थ्य परीक्षण संसद् परिसरमा हुने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’