स्वास्थ्य मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण  « Khabarhub

स्वास्थ्य मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा सांसदहरूको स्वास्थ्य परीक्षण गरिएको छ। 

सङ्घीय संसद् परिसरमा सांसदलगायत मर्यादापालक, कर्मचारी, सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गरिएको हो । सरकारले नसर्ने रोगहरूको पहिचानका लागि फागुन महिनालाई एक महिने अभियानको रूपमा सञ्चालन गरिरहेको छ । 

सोही अभियान अन्तर्गत सांसदहरूको मधुमेह, उच्च रक्तचाप, मृगौलासम्बन्धी रोगका साथै शरीरको उचाइ र तौलको अनुपात परीक्षण गरिएको हो ।

उक्त अभियानको सांसदहरुले प्रशंसा गरेका छन् । स्वास्थ्य परीक्षणमा सहभागी सांसद कल्पना मियाँ कुसारीले स्वस्थ खानपान र नियमित योगाले स्वास्थ्य ‘रिपोर्ट’ राम्रो आएको बताइन् । 

उनले भनिन्, ‘म स्वास्थ्यमा सजग छु । सरकारको यो कदम सराहनीय छ । यस्ता परीक्षण अझै दूरदराजका जनतामा लानुपर्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ तथा जनस्वास्थ्य अधिकृत दीपक भट्टले सर्वसाधारणलाई स्वास्थ्य परीक्षणमा प्रेरित गरिने बताए । उनका अनुसार आज र भोलि दुई दिन स्वास्थ्य परीक्षण संसद् परिसरमा हुने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : ०४ बजे

विदेशबाट फर्किएर पशुपन्छीपालन गर्दै कञ्चनपुरका शम्शेर, भन्छन्- यसवर्ष ६० लाखको व्यापार गर्ने लक्ष्य छ

कञ्चनपुर– छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८

 आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल मङ्सिर ७ गते सोमबार राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ७ गते सोमबार सन् २०२६

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याजदर अधिकतम

दक्षिण सुडानमा विद्रोही आक्रमण, १५ जनाको मृत्यु

जुबा – दक्षिण सुडानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार विद्रोही लडाकूले गरेको