शेयर बजार राताम्य, ३२ अंकले घट्यो नेप्से  | Khabarhub Khabarhub

शेयर बजार राताम्य, ३२ अंकले घट्यो नेप्से 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजार लगातार ८ दिन देखि राताम्य छ । बजार निरन्तर घट्नेक्रममा दैनिक उच्च अंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटिरहेको छ ।
 
आज नेप्से ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा पुगेको छ । नेप्से १.१७ प्रतिशतले घट्दा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयर कारोबार भएको छ । 

आज ३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । यस्तै ३०३ वटा कम्पनी कारोबारमा आउँदा ९२ हजार ३१ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये विकास बैंक समूह बाहेक अन्य सबै समूह राताम्य छ । विकास बैंक समूह भने १.९३ प्रतिशतले बढेर ५ हजार ८७९.३१ विन्दुमा पुगेको छ । 

सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह २.४९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१० प्रतिशतले घटेको छ । .

त्यस्तै, विकास बैंक समूह ०.७१ प्रतिशतले, फाइनान्स १.५७ प्रतिशतले, होटल तथा पर्यटन १.१३ प्रतिशतले, हाइड्रोपावर १.५१ प्रतिशतले, लगानी १.८९ प्रतिशतले, जीवन बीमा १.३० प्रतिशतले, लघुवित्त ०.८९ प्रतिशतले, निर्जीवन बीमा ०.९९ प्रतिशतले, अन्य समूह १.६८ प्रतिशतले र ट्रेडिङ समूह १.७९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ३ : १० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं