जीर्ण सडक कालोपत्र गर्दै लहान नगरपालिका « Khabarhub

जीर्ण सडक कालोपत्र गर्दै लहान नगरपालिका


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको लहान नगरपालिकाले लामो समयदेखि जीर्ण रहेका भित्री सडक कालोपत्र गर्ने भएको छ । आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमकोबीच यहाँको ठाना चोकदेखि कटहा चोकसम्म सडक कालोपत्र (अस्फाल्ट) कार्यको शिलान्यास गरे। 

यस सडकले लहान नगरपालिका–१, २, ३ र १९ का वडावासी लाभान्वित हुनेछन् । सडक कालोपत्रको शिलान्यास गर्दै नगरप्रमुख चौधरीले निर्धारित समयभित्र गुणस्तरीय सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। यस्तै, उनले धुवाँधुलोले आक्रान्त यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए। 

नगरप्रमुख चौधरीले भने, ‘सडक कालोपत्र नहुँदा लामो समयदेखि धुँवा र धुलोको समस्याले हैरान भएका भन्दै यहाँका नागरिकको गुनासो थियो । अब त्यसबाट मुक्ति मिल्ने छ ।’

आगामी दिनमा नगरमा रहेका जीर्ण सडक क्रमशः कालोपत्र तथा ढलान गरी नगरवासीलाई गुणस्तरीय सडक उपलब्ध गराउने नगरप्रमुख चौधरीको भनाइ छ ।

चार करोड पाँच लाख १३ हजार ८१८ रुपैयाँ (भ्याटसहित) रहेको यस आयोजना आगामी जेठ २ गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । शिलान्यास कार्यक्रममा वडा नं १ का अध्यक्ष युगलकिशोर चौधरीले भित्री सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएको बताए। 

उनले यस प्रकारका आयोजनाले लहान नगरपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान दिने धारणा राखे । 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : १७ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका