निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड « Khabarhub

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको स्वार्थ देखाएर गरिने एकताको कुनै महत्व नहुने बताएका छन्।

बुधबार काठमाडौंमा सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहसँग भएको पार्टी समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले विचार नमिल्ने शक्तिसँग केवल चुनाव जित्नकै लागि गरिने एकताले दीर्घकालीन अर्थ नदिने उल्लेख गरे। नेपालमा यस्ता एकता पटक पटक दोहोरिएको भन्दै उनले अब त्यस प्रकारको राजनीतिबाट माथि उठ्नुपर्ने धारणा राखे।

सायमी नेतृत्वको समूहसँग समायोजन भएसँगै काठमाडौं उपत्यकामा नेकपाले चुनाव जित्ने आधार थप बलियो बनेको प्रचण्डको भनाइ थियो। उनले ठूला सभा केन्द्रित राजनीति भन्दा पनि जनताको घरघरमा पुगेर गुनासो र समस्या सुन्ने काममा पार्टी केन्द्रित हुनुपर्ने बताए।

प्रचण्डले विगतका कमजोरीबाट सिक्दै आत्मसमीक्षा र आत्मआलोचनामार्फत पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले पार्टी विभिन्न समयमा सरकारमा रहँदा भएका राम्रा कामको प्रचार गर्दै कमजोरीको जिम्मेवारीसमेत लिएर जनतामाझ जाने बताए। पार्टी सामूहिकतामा विश्वास गर्ने भएकाले कसैले पनि एक्लोपन महसुस गर्न नपर्ने उनको भनाइ थियो। उनले नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा पार्टीलाई स्थापित गर्न एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

त्यसैगरी नेकपामा प्रवेश गरेका नेता सुमन सायमीले केही पुराना र नयाँ पात्रहरूको घमण्ड र आत्ममुग्धताका कारण आफूहरू नेकपासँग एकताको बिन्दुमा आइपुगेको बताए। उनले सडक मात्र होइन, सदनमार्फत पनि जनताका समस्या र माग मुद्दा उठाएर दबाब सिर्जना गरिने स्पष्ट पारे।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ७ : ४२ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न