लिङ्देन भन्छन्- कर तिर्न घुस खुवाउनुपर्ने स्थिति छ, अब केपी-देउवाको जिम्मामा देश बन्दैन « Khabarhub

लिङ्देन भन्छन्- कर तिर्न घुस खुवाउनुपर्ने स्थिति छ, अब केपी-देउवाको जिम्मामा देश बन्दैन


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कर तिर्न पनि घुस खुवाउनुपर्ने अवस्था आएकाले यी दलहरूकै कारण संसारकै भ्रष्ट मुलुक बनेको आरोप लगाएका छन् । 

मंगलबार वीरेन्द्रनगरमा आयोजित खबरदारी सभामा बोल्दै उनले ३५ वर्षसम्म नबनेको देश केपी, देउवालाई अब बाँचुन्जेल जिम्मा दिए पनि बन्न नसक्ने लिङ्देनले बताएका हुन् ।

‘यिनीहरूले देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेकोको लिङ्देनले बताए । ‘केपी शर्मा ओली, शेरबहादुर देउवाहरूकै कारण देश बरबाद बनेको हो,’ उनले भने‘उनीहरूकै कारण देश दुर्घटनामा जान थालेकाले बचाउनका लागि राजसंस्था अपरिहार्य रहेको हो ।’

‘अब अभिभावकका रूपमा राजसंस्था आवश्यक बनेको उनले बताए । ‘अहिले जुन अवस्थाबाट हामी गुज्रेका छौँ,’ उनले भने,‘यसबाट देश बन्ने कुनै कल्पना गर्न सकिन्न । त्यसैले अब सोच्ने बेला आयो ‌।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ६ : ५७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको