स्मार्टफोन धेरै चलाउनुहुन्छ ? हुनसक्छ यस्तो समस्या « Khabarhub

स्मार्टफोन धेरै चलाउनुहुन्छ ? हुनसक्छ यस्तो समस्या


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग नै बनिसकेको छ । बालबालिकादेखि वृद्धसम्म सबैजना स्मार्टफोन चलाउँछन् । भर्खरै गरिएको एक अनुसन्धानका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने देखिएको छ ।

अहिले स्मार्टफोनले हाम्रो जीवनलाई निकै सहज बनाइदिएको छ । स्मार्टफोनको प्रयोग गरी घरमै बसेर संसारको जुनसुकै ठाउँमा कुरा गर्नेदेखि पैसाको कारोबार र अध्ययन अनुसन्धान तथा टेलिभिजन र चलचित्र हेर्नसमेत मिल्छ ।

अमेरिकाको कोलम्बिया युनिभर्सिटीमा हालै गरिएको एक अनुसन्धानका अनुसार स्मार्टफोन र सामाजिक सञ्जालको अत्याधिक प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ । यसले भावनात्मक र मनोवैज्ञानिक समस्याहरू निम्त्याउन सक्छ ।

सामाजिक सञ्जाल प्लेटफर्महरूमा निरन्तर अपडेटहरूका कारण ‘फियर अफ मिसिङ आउट’ समस्या बढ्दै गएको अनुसन्धानले देखाएको छ । यसअनुसार स्मार्टफोन प्रयोगकर्ताहरु महत्वपूर्ण अपडेटको जानकारी पाउनका लागि आफ्नो फोन बारम्बार चलाउँछन् ।

यसले निद्रासम्बन्धी समस्या आउन सक्ने अनुसन्धानले देखाएको छ । स्मार्टफोनको स्क्रिनबाट निस्कने नीलो प्रकाशले मेलाटोनिनको उत्पादनलाई रोक्ने र फलस्वरुप निद्रा चक्रमा बाधा पुर्‍याउने बताइएको छ । स्मार्टफोनको बढी प्रयोगले निद्राको गुणस्तर बिग्रिनुका साथै मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने अनुसन्धानमा उल्लेख छ ।

विज्ञहरूले सुत्नुअघि स्मार्टफोन चेक गर्ने बानी खराब रहेको भन्दै सुत्नुभन्दा करिब १ देखि २ घन्टाअघि स्मार्टफोन प्रयोग गर्न छोड्नुपर्ने बताउँछन् ।

त्यसैगरी, सामाजिक सञ्जालमा धेरै समय बिताएउने मानिसहरूले आफूलाई एकअर्कासँग तुलना गर्न रुचाउँछन् । यसले मानसिक स्वास्थ्यमा समस्या निम्त्याउँछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : ०९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन