अमेरिका चीन व्यापार युद्धः बिहीबार चुलिएको एसियाको शेयर शुक्रबार ओरालो लाग्यो « Khabarhub

अमेरिका चीन व्यापार युद्धः बिहीबार चुलिएको एसियाको शेयर शुक्रबार ओरालो लाग्यो


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चीन र अमेरिका बीचको व्यापार युद्धका कारण एसियन शेयर मार्केटमा अझै असर गरेको छ। अहिले अमेरिकाले चीनबाट आउने सामानमा १४५ प्रतिशत कर घोषणा गरी सकेको छ। सुरुमा १२५ प्रतिशत भनिए पनि सुरुमा नै रहेको २० प्रतिशत करमा १२५ प्रतिशत थप कर लगाइएको जनाइएको छ।

यो युद्धका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग वार्ताको सम्भावना देखिएको बताएका छन्। चीनले पनि अमेरिकाबाट भित्रने सामानमा ८४ प्रतिशत करको घोषणा गरिसकेको छ।

एसियाको शेयर बजार भने बिहीबारमाथि अकासिएर शुक्रबार बिहानै ओरालो लागेको हो। बिहीबार बन्द हुने समयमा निक्कीको सेयर बजारमा ९.१ प्रतिशतले वृद्धि भएको थियो भने दक्षिण कोरियाको कोस्कीको ६.६ प्रतिशत तथा सांघाईको कम्पोजिटमा १.२ प्रतिशतले वृद्धि भएको छ। हङकङको हाङसेङमा २.१ प्रतिशत तथा अस्ट्रेलियाको एसएक्समा ४.५ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : ४१ बजे

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर