समान ज्याला माग गर्दै चिकित्सक प्रशासनविरुद्ध आन्दोलित « Khabarhub

समान ज्याला माग गर्दै चिकित्सक प्रशासनविरुद्ध आन्दोलित


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी मेडिकल कलेज (जीएमसी), पोखराका आवासीय चिकित्सक अस्पताल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन्।

समान ज्यालाको माग गर्दै आन्दोलित चिकित्सकहरुले बिहीबार साँझ अस्पताल परिसरमा मैनबत्ति बाल्दै १ घण्टा धर्ना बसे। आन्दोलनको पाँचौ दिन चिकित्सकले समान ज्याला र सुरक्षित कार्यस्थलको माग गर्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका हुन्।

गत माघ २५ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा मासिक ४८ हजार ७०० कायम गर्नुपर्ने निर्णय गरिएको हो।

त्यसअघि देशैभरका आवासीय चिकित्सकहरु आन्दोलनमा थिए। समान ज्यालाको मागसहित हप्ता दिन आन्दोलित भएको परिणाम आयोगको बैठकले उक्त निर्णयपछि विभिन्न क्षेत्रबाट काठमाडौं पुगेका चिकित्सक सेवामा फर्किएका थिए।

तर, निजी मेडिकल कलेजले आयोगको निर्णय नमानेपछि २ महिना नबित्दै पुनः आन्दोलनमा उत्रनुपरेको डा। रवि लामिछानेले बताए। ‘केन्द्रिय संघर्ष समितिकै निर्देशनअनुसार आन्दोलनमा उत्रिएका हौं’ डा। लामिछाने भन्छन् ‘जीएमसीले सरकारकै निर्णय नमानेपछि आन्दोलनलाई निरन्तरता दिएका हौं।’

जीएमसीसँगै पोखराकै मणिपाल मेडिकल कलेजका आवासीय चिकित्सकसमेत समान मागसहित आन्दोलनमै छन्।

‘मणिपाल र गण्डकी मेडिकल कलेज (जीएमसी)का साथीहरु पुनः आन्दोलित भएका छौं’ मणिपालका डा. वामदेव पराजुलीले भने ‘अब काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा रहेका छौं।’

कुनै मेडिकल कलेजमा २२ त कतै १९ हजार रुपियाँ दिने गरेको बताउँदै पराजुलीले मणिपालमा भने १७ हजार रुपियाँ मासिक दिइने गरेको जनाएका छन्।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ९ : ४६ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो