दुर्गा प्रसाईंलाई मेचीपुलबाट नल्याइने « Khabarhub

दुर्गा प्रसाईंलाई मेचीपुलबाट नल्याइने


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन परिचालन समितिका जनकमान्डर दुर्गा प्रसाईंलाई मेचीपुलबाट नल्याइने भएको छ। अभियानका प्रवक्ता स्वागत नेपालका अनुसार प्रसाईंलाई देशभक्त नागरिक, पत्रकार र मानवअधिकारकर्मीसमेत मेचीपुल काकरभिट्टामा पुगेको कारण प्रहरीले काकरभिट्टा नाका छलेर भद्रपुरतर्फको गलगलिया नाकाबाट नेपाल ल्याउने तयारी गरेको बताएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘अहिले देशभक्त नागरिकहरु, पत्रकार र मानवअधिकारकर्मीहरु समेत मेचीपुल काकरभिट्टामा पुगेको कारण प्रहरीले काकरभिट्टा नाका छलेर भद्रपुरतर्फको गलगलिया नाकाबाट नेपाल ल्याउने तयारी गरेको पनि अधिकारकर्मीहरुमार्फत बुझिएको छ। दुर्गा प्रसाईंलाई अधिकारकर्मी र पत्रकारहरुको रोहवरमा नेपाल प्रवेश गराइयोस्। अन्यथा नहोस्।’

प्रसाईंले बिहीबार साँझ भारतको आसाम राज्यको प्रहरीलाई आफूलाई नेपालसम्म सुरक्षित रूपमा पुर्याइदिन आग्रह गरेका थिए।

प्रसाईंको सचिवालयले झापाको भद्रपुर विमानस्थल आजै काठमाडौं ल्याउने कार्यक्रम रहेको बताएको छ।

प्रसाईंको सचिवालयले त्रिभुवन विमानस्थलको अन्तरिक टर्मिनलमा उपस्थित हुनसमेत सरोकारवालालाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ९ : ५८ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर