ओमानको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ता हुने « Khabarhub

ओमानको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ता हुने


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मस्कट– संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता हुने भएको छ । शनिबार ओमनको राजधानी मस्कटमा दुवै देशका प्रतिनिधिले उच्चस्तरीय वार्ताको तयारी थालेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रत्यक्ष’ वार्ताको रूपमा वर्णन गर्दा इरानले भने यसलाई तेस्रो पक्षहरूमार्फत मध्यस्थता गरी ‘अप्रत्यक्ष’ रुपमा हुने वार्ताको संज्ञा दिएको छ ।

गत सोमबार ट्रम्पले इरानको आणविक कार्यक्रमबारे ‘प्रत्यक्ष’ वार्तामा संलग्न रहेको जनाएका थिए । तर, मंगलबार इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले ओमानमा अप्रत्यक्ष उच्चस्तरीय वार्ता हुन सक्ने उल्लेख गरेका थिए ।

इरानी सञ्चारमाध्यमका अनुसार ओमानमा हुने वार्ताका लागि इरानी विदेशमन्त्री अराघची र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

गत महिना प्रत्यक्ष आणविक वार्ताका लागि ट्रम्पले सार्वजनिक आह्वान गरेका थिए । कूटनीतिक प्रयास असफल भएमा इरानविरुद्ध सैन्य विकल्पहरूमा जाने ट्रम्पले चेतावनी दिएका थिए ।

ओमानले अमेरिका र इरान दुवैसँग लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ । मध्यपूर्वमा तनाव बढ्दै जाँदा ओमनले तटस्थ भूमिका पनि खेल्दै आएको छ ।

सन् २०२० को शुरुमा अमेरिकाले इरानी जनरल कासिम सुलेमानीको हत्या गरेपछि दुई देशबीच ठूलो युद्ध हुने जोखिम बढेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : १५ बजे

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य