छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान मकवानपुरको मकवानपुरगढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै घर सफा गर्ने क्रममा अचानक करेन्ट लागेर गाउँपालिका– ५ सिमलटार निवासी ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

करेन्ट लागेर सिकिस्त भएका तिमल्सिनाको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

यस्तै, हेटौँडा–धरान चतरा सडक खण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १६ गुरुधामचोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ठूलोदमारबाट हटियातर्फ जाँदै गरेको बा प०३–०४ प ९५२६ नं को स्कुटरको ठक्करबाट पैदलयात्री स्थानीय ७६ वर्षीय अनिरुद्र बाँस्ताकोटीको मृत्यु भएको अर्यालले जानकारी दिए। 

दुर्घटनामा परेर गम्भीर घाइते बाँस्ताकोटीको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा गएराति मृत्यु भएको हो । 

सोही दुर्घटनामा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका– १७  ठूलोगँगटे निवासी २७ वर्षीय सन्दीप थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : २६ बजे

फिफा विश्वकप फुटबल : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई