जैविक मल उद्यम सञ्चालन गर्दै सामुदायिक वन | Khabarhub Khabarhub

जैविक मल उद्यम सञ्चालन गर्दै सामुदायिक वन


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखराको सराङकोटस्थित ठोट्नेखोला सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा थुप्रिएको घाँस, पातपतिङ्गर र झाडीलाई सङ्कलन गरेर जैविक मल उद्यम सञ्चालन गरेको छ ।

सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै आयआर्ज गर्न सुरु गरेका हुन् । वनभित्र थुप्रिएका ज्वलनशील पदार्थको उपयोग गर्दै वन समूह रोजगारीसँगै जैविक मल उत्पादनमा जुटेको वन समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

वनमा कुहिएर, जलेर नष्ट हुने स्याउला सोत्तरबाट उत्पादित प्राङ्गारिक मल बजारमा बिक्री गर्ने लक्ष्यका साथ सुरु गरिएको मल उद्यमले रोजगारी सिर्जना गर्ने र रासायनिक मलको मागलाई केही हदसम्म भए पनि कम गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उनका अनुसार चैतको पहिलो सातादेखि सुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म वन क्षेत्रको छुट्टाछुट्टै दुई स्थानमा गरी ५० हजार किलो कच्चापदार्थ सङ्कलन भएको छ । वन पैदावार सङ्कलन कार्यमा दैनिक २० जना श्रमिकले रोजगार प्राप्त गर्दै आएका छन् ।

वनजङ्लबाट सङ्लन गरिएको स्याउला तथा घाँसपात जम्मा गरेपछि आधुनिक मेसिनद्वारा काटेर सानो आकारको बनाएसँगै जैविक मल उत्पादन गर्न ९० दिन लाग्ने बताउँदै उत्पादन प्रक्रिया पूर्णरूपमा व्यवस्थित र वातावरणमैत्री रहने अध्यक्ष श्रेष्ठले जानकारी बताए ।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले मुलुकका सम्पूर्ण वन समूहले ठोट्नेखोला सामुदायिक वन समूहकाे काम अनुशरण गर्नुपर्ने बताए । उनले कार्यबाट मुलुकमा प्रत्येक वर्ष बढ्दै गएको वन डढेलो न्यूनीकरणमासमेत महत्त्वपूर्ण सहयोग पुग्ने र मानव–वन्यजन्तु द्वन्दलाईसमेत केही हदसम्म कम गर्ने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १ : ३७ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’